खग्रास चन्द्रग्रहण भएकाले चन्द्रमाको पूरैभाग पृथ्वीको छायाले छेकिएको हुनेछ, नेपालमा चन्द्रमा उदाएकै बेला प्रष्ट रुपमा ग्रहण देखिने छ तर धेरैजसो पश्चिमा मुलुकहरुमा ग्रहण लाग्दा लाग्दै अस्ताउने छ ।’ नेपाल, भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजील्याण्ड, अष्टेलिया, अफ्रिकाका केहि पूर्वीदेशहरु, यूरोप, रसिया, तथा अलास्काबाट समेत यो ग्रहण देख्न सकिने बताईएको छ । चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै नियाल्ने सकिने बताइएको छ । यो ग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशि भएकाहरुका लागि शुभ मानिएको छ । तर मेष, मिथुन, कर्कट, सिंह, बृश्चिक, धनु, मकर र मीन राशी भएकाहरुका लागि शुभ मानिएको छैन । ग्रहणको समयमा शुभ कार्य गर्नु राम्रो नहुने धार्मिक विश्वास पनि छ ।