तरहरा/ इटहरी उपमहानगरपालीका भित्र भईरहेको चरम आर्थिक अनियमितता रोक्न माग सहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सिएफएल बल्ब खरिदमा लाखै रुपैया अनियमितता हुदा सम्म दोषीलाई जोगाउने चलखेल सुरु भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । काग्रेस सँगै अन्य साना दलहरुले पनि आन्दोलनमा सहभागी जनाउने भएका हुन ।

नेपाली काग्रेस इटहरीले गत माघ ८ गते अनियमितताको घट्ना सत्यतथ्य विवरण वाहिर ल्याउँन माग गदै ७ दिने अल्टीमेटम दिए पनि दोषीलाई कार्वार्हीको साटो ढाकछोप गराउँने काम भएको भन्दै दोषी उपर कडा कार्वार्हीको माग गदैे आन्दोलनको कार्यक्रम घोषणा गदै नेपाली कांग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले आन्दोलनलाई वेवस्ता गरे जनताले कार्वार्ही गर्ने बताए । उनले भने अनियमितता गर्नेहरुको प्रर्दाफास गर्ने इटहरी काग्रेस तयार छ ।

आन्दोलनको कार्यक्रम अन्तरगत माघ १८ गते विहिवार इटहरी उपमहानगरपालीका अगाडी गेटमा ९ वजे देखि ११ बजे सम्म धर्ना बस्ने, १९ गते शुत्रवार ९ बजे देखि १२ बज सम्म म भष्ट्रचारी हुँ मलाई सम्पती चाहिया भन्ने ब्यहोराको दान पेटिका राखी सबैले एक रुपैया हालेर विरोध जनाउँने आन्दोलनको कार्यक्रम तयार गरेको छौ नगरसभापति पौडेलले भने । जनताको करमा कर्मचारी र जनप्रतिनिधिहरुले गरेको मनपरीतन्त्रको विरोधमा यस्तो कार्यक्रम राखेको उनको भनाई थियो ।

त्यस्तै २१ गते आईतबार विहान ९ बजे देखि १२ बजे सम्म मानव साङ्लो बनाई प्रर्दशन गर्नुको साथै काग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुले घट्नाको सत्यतथ्य विवरण सार्वजनिक नहुञ्जेल आफ्नो कार्यलयमा हातमा कालो पट्टी बाधेर काम गर्ने, २२ गते सोमवार २ बजे मेयरको पुत्ला दहन गर्ने,२३ गते मगंलवार सम्म पनि माग पुरा नभए कार्यक्रमको स्वरुप परिवर्तन गरी आन्दोलनलाई शशस्त्त बनाउँदै लौजाने इटहरी काग्रेसले चेतावनी दिएको हो ।

इटहरी उमपहानगरपालीका भित्र कर अशुलीमा मनपरी गदै करीब ७१ लाख राजश्व गायब बनाएको भन्दै उक्त विषयमा छानविन गर्ने समेत काग्रेसले माग गरेको छ । राजश्वबाट उठेको लाखै रकम कर्मचारीहरुले ब्यापारीक प्रयोजनमा लगाउँदै आएको भन्दै काग्रेसले आपत्ती जनाएको हो । काग्रेसले सिएफएल छानविनमा समितिका काग्रेसबाट वडानम्वर ६ मा वडाअध्यक्ष दिपक गौतम संयोजक भएको छानविन समितिको प्रतिवेदन हचुवाको भरमा बनाएको भन्दै काग्रेसले असन्तुष्टि ब्यक्त गरेको छ ।

नेपाली काग्रेसका नेता रोहित प्रसाईले उपमहानगरपालीकामा जनताको कर वह्मलुट भईरहेको भन्दै आफुहरु चुप लागेर नवस्ने चेतावनी समेत दिएका छन । उपमहानगरपालिका भित्रका घोटलामा संलग्न कर्मचारीहरुलाई जोगाउँन खोजेको भन्दै जनतालाई सचेत रहन उनको आग्रह थियो । जनताले तिरेको करको उपमहानगरपालीका भित्र ब्यापक दुरुपयोग भएको भन्दै तत्काल दोसीलाई कार्वार्ही हुनु पर्ने उनको माग थियो । अनियमितताको घट्ना वाहिर आए सँगै अख्तियारले उपमहानगरपालीकाको खातापाता नियन्त्रणमा लिएर छानविन गरीरहेको छ ।