काठमाडौं/ छक्कापञ्जा 'कामना फिल्म अवार्ड २०७४' मा सर्वोत्कृष्ट फिल्म बनेको छ।  राजधानीको आर्मी अफिसर्स क्लबमा मंगलबार  भएको कार्यक्रममा छक्कापञ्जा सर्वोत्कृष्ट फिल्म घोषित भएको हो। त्यस्तै, उत्कृष्ट निर्देशकको अवार्ड फिल्म गाजलुबाट हेमराज विसीले उचाल्न सफल भएका छन्। उत्कृष्ट नायक फिल्म जात्राबाट विपिन कार्की र उत्कृष्ट नायिका फिल्म डाइङ कयान्डिलबाट श्रृजना सुब्बा भएका छन्। उक्त अवार्ड कार्यक्रममा दर्जनौं सेलिब्रेटी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा थियो।

अवार्ड विजेताहरुको सूची फिल्मः

 छक्कापञ्जा निर्देशकः हेमराज बिसी ‘गाजलु’

अभिनेताः विपिन कार्की ‘जात्रा’

अभिनेत्रीः श्रृजना सुब्बा ‘डाइङ क्याण्डल’

सह-अभिनेताः जितु नेपाल, छक्कापञ्जा

सह-अभिनेत्रीः गौरी मल्ल, होमवर्क

खलपात्रः दिपकराज गिरी, छक्कापञ्जा

हास्य कलाकारः केदार घिमिरे, छक्कापञ्जा

नवनिर्देशकः दीपाश्री निरौला, छक्कापञ्जा

नवअभिनेताः आर्यन अधिकारी, के म तिम्रो होइन र

नवअभिनेत्रीः श्रृष्टि श्रेष्ठ, गाजलु

बाल कलाकारः लाक्पा सिघे तामाङ

डाइङ क्याण्डल कथाः हेमराज बिसी, गाजलु

पटकथाः प्रदिप भट्टराई, जात्रा

संवादः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘छक्कापञ्जा’

छायाँकारः रविन आचार्य, डाइङ क्याण्डल

द्वन्द्व निर्देशकः हिमाल केसी, के म तिम्रो होइन र

सम्पादनः सुरेन्द्र पौडेल, गाजलु

शृङ्गारः सरोज बुढाथोकी, डाइङ क्याण्डल

ध्वनी मिश्रणः उत्तम न्यौपाने, गाजलु

पार्श्व संगीतः एलिश कार्की, के म तिम्रो हिइन र

नृत्य निर्देशनः कविराज गहतराज, छक्का पञ्जा

पार्श्व गायकः कृष्ण काफ्ले, छक्का पञ्जा (सुन न चम्पा)

पार्श्व गायिकाः अञ्जु पन्त, किस्मत २ (यी आँखा लैजाउ)

संगीतकारः कालिप्रसाद बाँस्कोटाः लुट २ (ठमेल बजार)

गीतकारः डा. कृष्णहरी बराल, शब्द (हरपल)

लक्स पपुलर च्वाइस अवार्डः केकी अधिकारी