हाम्रो फोक्शोमा भाइरस वा ब्याक्टेरियाको संक्रमण भयो भने हामीलाई निमोनिया हुने गर्छ । निमोनिया श्वासप्रश्वाससँग सम्बन्धित एक रोग हो । यसले फोक्शोमा समस्या ल्याउँछ । रुघाखोकी समस्यामा नै निको नभएमा पनि हामीलाई निमोनिया हुने गर्छ । निमोनियाको संक्रमणले गर्दा शरीरमा आवश्यक अक्शिजनको आपूर्ति हुन पाउदैन । यसले गर्दा मानिसको ज्यान पनि जान सक्छ ।

निमोनिया हुनुको प्रमुख कारणहरु यस प्रकार छन् :

१) फोक्सोमा भाइरस, ब्याक्टेरीया र फंगल्सको संक्रमण, लगातारको रुघाखोकीका कारण निमोनिया हुन्छ ।

२) कहिलेकही रुघाखोकी नलागी अन्य कारणले पनि निमोनिया हुन सक्छ ।

३) एक पटक निमोनिया भइसकेको तर राम्रोसँग उपचार भएको छैन भने त्यस्ता व्यक्तिमा पटक पटक दोहोरीन सक्छ ।

४) संक्रमित मानिसको संर्सगबाट पनि निमोनियाको सम्भावना बढी हुन्छ ।

यस रोगका रोकथामका केहि उपायहरु यस प्रकार छन् :

१) रुघाखोकी लागेका मानिसबाट टाडै बस्ने ।

२) बालबालिकालाई निमोनिया विरुद्धको खोप दिने ।

३) धुँवा धुँलोबाट बच्ने ।

४) निमोनियाको औषधि चिकित्सकले दिएको समयमा नछाडी सेवन गर्नु पर्छ ।

५) रुघाखोकीमा हेलचेक्रयाइ नगर्ने ।