कागती खानुका थुप्रै फाइदाहरु छन् । त्यसमाथि खालि पेटमा कागतीपानी पिउनु निकै फाइदाजनक हुन्छ ।

कागतीपानी पिउनुका फाइदाहरु यस प्रकार छन्ः भिटामिन सीः शरीरका लागि भिटामिन सी जरूरी तत्त्व हो । यसले रोगहरूसँग लड्न मद्दत गर्छ । बिहानको समयमा यसको सेवनले रोगप्रतिरोधक क्षमता राम्रो हुन्छ । रुघाखोकी जस्ता संक्रमण पनि यसले राख्न दिँदैन । पाचन क्रिया राम्रोः बिहान मनतातो पानीमा कागती र मह हालेर पिउनुभयो भने शरीरमा पाचक रस बन्न शुरु हुन्छ । यसले भाृक लाग्न शुरु गर्छ र पाचनक्रियालाई राम्रो राख्न पनि मद्दत गर्छ । छालामा निखारः कागतीमा भएको एन्टीअक्सिडेन्ट गुणले छालामा निखार ल्याउँछ । छालाका दागधब्बा सफा हुन्छन् । तौल कम गर्नः मोटोपनाबाट ग्रस्त हुनुहुन्छ भने बिहान खाली पेट पानी, कागती र मह सेवन गर्दा पेटमा जमेको बोसो कम हुन थाल्छ । यसले मेटाबोलिजम पनि बढाउँछ । मुखको दुर्गन्ध हट्छः कागतीपानीले मुखको दुर्गन्ध पनि हटाइदिन्छ । शरीरलाई विष रहित बनाउन यसले मद्दत गर्छ । जोर्नीको पीडाबाट राहतः जोर्नीको पीडाबाट चिन्तित हुनुहुन्छ भने कागतीपानी पिउन थाल्नुस् ।