सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । त्यसैले यस्ता खानेकुराहरु खालि पेटमा खानुहुँदैन । १ .केराः केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ । २. चियाः चियामा एसिडको मात्रा धेरै हुन्छ । त्यसैले चिया खाली पेटमा खाँदा पेट पोल्ने र दुख्ने समस्या हुन्छ । ३. दहीः यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । खाली पेटमा दहीको सेवन गर्दा पेट पोल्ने समस्या हुने गर्दछ । ४. दूधः यसमा पाइने स्याचुरेटेड फ्याट, प्रोटिनले पेटको मांसपेशीलाई कमजोर बनाउने गर्दछ । यसले अपच हुने र खकारको समस्या निम्त्याउने गर्दछ । ५. गुलियो खानेकुराः मिठाई वा हलुवाजस्ता खानेकुरा खाली पेटमा खाँदा रगतमा चीनिको मात्रा बढ्नेछ । यसले आँखाको समस्या निम्त्याउने गर्दछ । ६. शखरखण्डः यसमा टोनिक र प्याक्टिन हुन्छ जुन खाली पेट हुँदा पच्दैन । यसले छाती पोल्ने समस्या निम्तिन सक्छ । ७. आँपः यसले शरिरमा गर्मी पैदा गराउँछ । यसलाई खाली पेटमा खाँदा एसिडको स्तरमा वृद्धि हुन्छ र एसिडिटी बढ्नेछ । ८. सुन्तलाः सुन्तलामा ओर्गानिक एसिड हुन्छ । यसले एसिड धेरै बन्ने गर्दछ । त्यसैले सुन्तला खालि पेटमा खानु हुँदैन । ९. कोल्ड ड्रिङ्क्सः यसमा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा बान्ता हुनसक्छ । १०. खरबुजाः यसमा आइरन, पोटासियम हुन्छ । आइरन र पोटासियम खाली पेटमा खाँदा एसिटिडी हुनसक्छ ।