एक्स–रे गर्दा – एक्स–रे गराउँदा धातुजन्य पदार्थ साथमा नराख्नुहोला, यसो गर्दा विकिरणबाट बँच्न सकिन्छ । – गर्भवती महिलाले कहिले पनि एक्स–रे गराउनु हुँदैन्, यसको असर गर्भको शिशुमा पर्छ । – पेटमा एक्स–रे गराउनु पर्ने भएमा खाली पेट कहिल्यै पनि जानु हुँदैन् । खाली एक्स–रे गराउँदा पेटमा असर पर्न सक्छ । सीटी स्क्यान गर्दा, – यदि परीक्षण बिहान ८ देखि ९ बजेको बीचमा हुँदैंछ भने राती १२ बजेदेखि नै केही पनि खानु हुँदैन् । – परीक्षणका क्रममा सूतीको कपडा लगाउनुपर्छ । – मधुमेहको बिरामी भएमा सुगर लेभल १०० भन्दा बढी हुनु हुँदैन् । – बिरामीको कपडा मेटल फ्रि हुनुपर्छ ।
एमआरआई गर्दा – एमआरआई गर्ने दिन पानीका अतिरिक्त आवश्यक औषधि लिन सकिन्छ । केही बिरामीलाई एमआरआईको ४ घण्टा अगाडिसम्म खानेकुरा खान सुझाव दिइन्छ । त्यसैले एमआरआई गराउँदैं हुनुुहुन्छ भने डाक्टरसँग सल्लाह लिनुहोस् । – एमआरआई गर्नुअगाडि मेकअप गर्नुहुँदैन् । – एमआरआई गर्ने बिरामीले आफ्नो मेडिकल हिस्ट्री पनि साथैमा राख्नुपर्छ । – धातुजन्य कुनै पनि पदार्थ जस्तै, गहना, घडी, औंठी साथमा लैजानु हुँदैन् । – मेटलबाट बनेका नक्कली दाँत अथवा बिगसमेत निकाल्नुपर्छ । – हेयरमेसिन, हेयर पिनसमेत निकाल्नुपर्छ । – महिलाहरुको ब्रामा समेत मेटल हुने भएकाले एमआरआई गर्ने दिन त्यस्तो ब्रासमेत लगाउनु हुँदैन् । – बिरामीले चश्मा, पर्स, सिक्का, जुत्ता पनि निकाल्नुपर्छ ।