जाडोको समयमा मुख बङ्गिने समस्या धेरै मानिसमा देखिने गर्छ । चिसोको कारण यो समस्या देखा पर्ने गर्छ । अनुहारका नशामा संक्रमण हुनु , बढी चिसो हुनु , कानमा संक्रमण हुनु , अनुहारमा ठुलो चोटपटक लाग्नु जस्ता कारणले पनि यो समस्या देखापर्ने गर्छ । यो समस्या देखा परेपछि मानिसको आँखा बन्द नहुने , खानालाई गाह्रो हने र बोल्न अप्ठ्यारो हुने गर्छ । त्यसैले यस समस्याबाट बच्नको लागि हामीले धेरै कुरामा ध्यान दिनुपर्छ ।

मुख बङ्गिने समस्याबाट बच्ने उपायहरु यस प्रकार छन् :

१) चिसोबाट बच्ने ।

२) चिसोको समयमा बाहिर निस्कनु परे टाउको कान छोपेर न्यायो भएर हिड्ने ।

३) कान, नाकमा संक्रमण हुनबाट बच्ने ।

४) सवारी साधानमा यात्रा गर्दा कानमा कपास राखेर वा कान छोपेर हिड्ने ।

५) रुघाखोकी लाग्नबाट बच्ने ।

६) नियमित व्यायम र ताजा खानपानमा ध्यान दिने ।