जिब्रो हाम्रो शरीरको एक ज्ञानेंद्रिय अङ्ग हो । जिब्रोले हामीलाई कुनै पनि खानेकुराको श्वाद थाहापाउन मद्धत गर्छ । जिब्रोको सम्बन्द हाम्रो शरीरको अरु अङ्गहरुसँग रहेको हुन्छ । जिब्रो स्वास्थ्य छैन भने त्यसले शरिरिको अरु अङ्गलाई पनि असर पुर्याईरहेको हुन्छ । जिब्रोको छाला र रङ्ग अनुसार जिब्रो स्वास्थ्य रहेको नरहेको छुट्टाउन सकिन्छ । हामीलाई आफ्नो जिब्रो स्वास्थ्य नरहेको थाहा नहुन पनि सक्छ । जिब्रोमा विभिन्न समस्या देखा परिरहँदा पनि हामी यसको बारेमा अन्जान हुन सक्छौं ।
जिब्रोमा हुने प्रमुख ४ समस्याहरु यस्ता छन् :
१) जिब्रो सुक्ने समस्या : डिहाइड्रेसन र स्लाइभरी ग्ल्यान्डको कमीले गर्दा जिब्रो सुक्ने गर्दछ । यदी जिब्रो सुक्खा भएको महसुस गर्नु भयो भने समयमानै डाक्टरकोमा गएर चेक गराउनु पर्छ नत्र भने यसले शरीरमा अरु समस्याहरु ल्याउन सक्छ ।
२) अल्सर वा घाउ हुनु : जिब्रोमा सानोसानो घाउहरु प्राय देखिरहन्छन् । तनाब र हर्मोन परिवर्तनले गर्दा यस्ता घाउहरु आइराख्छन् र केही दिनमै हराएर जाने गर्छन् । कहिले काहिँ यस्ता घाउ पनि आउन सक्छन् जसले शरीरमा अलर्जीको रियाक्सन ,भाइरस संक्रमण तथा प्रतिरोधी प्रणालीमा गडबडी ल्याउने गर्छन् । यदी जिब्रोको एकापट्टी मात्रा दुखी रहयो भने तपाइको जिब्रोमा अल्सर भएको हुन सक्छ। यस्तो हुने बितिकै तुरुन्त डाक्टरकोमा गएर जाँच गराउनु पर्छ ।
३) सेतो पत्र जम्नु : जिब्रोमा सेतो पत्र जम्नु सामान्य समस्या हो तर यदी सेतो पत्र बाक्लो भयो र रङ्ग गाढा भयो भने ब्याक्टेरियाको संक्रमणले गर्दा भएको हुन सक्छ । यस्तो समयमा श्वास बडी गनाउने गर्छ । यस्तो हुनु पाचनप्रणालीमा गडबड हुनुको संकेत हो । यस्तो भएमा डाक्टरको सम्पर्कमा जानुपर्छ ।
४) रङ्ग परिवर्तन हुनु : विभिन्न कारणले गर्दा हाम्रो जिब्रोको रङ्ग परिवर्तन हुन सक्छ । शरीरमा आइरनको कमी भयो भने जिब्रो पहेंलो हुन थाल्छ । खानामा नियसिनको कमी भयो भने जिब्रो रातो हुन थाल्छ । यदी तपाईलाई डिहाइड्रेसन भाको छ भने तपाइको जिब्रो सेतो हुन थाल्छ । ज्वोरो आएको समयमा पनि जिब्रो सेतो हुने गर्छ । यसरी जिब्रोको रङ्ग परिवर्तन हुनु विभिन्न रोगको लक्षण हुन सक्छ ।