गर्मी सिजन सुरु हुँदैंछ । बजारमा देखिने भुईंकटहरले जसको जिब्रो पनि रसाउँछ । यो वास्तवमै निकै उपयोगी फल हो । यो भिटामिन सीले भरपूर हुन्छ र जसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ । यसलाई सलाद तथा डेजर्टका रुपमा प्रयोग गर्न सकिन्छ । भुईंकटहरमा भिटामिन सीका अतिरिक्त क्याल्सियम, फाइबर पनि पाइन्छ । यसमा निकै कम मात्रामा चिल्लो पदार्थ हुन्छ । यसमा पाइने इन्जाइमले खाना पचाउन सहयोग गर्छ । काँचो भुईंकटहरभन्दा पाकेको बढी पौष्टिक हुन्छ । यसमा अन्य फाइदा के–के हुन् त ?

१. तौल कम गर्छ यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । क्यालोरीको मात्रा पनि कम हुन्छ । यसलाई काटेर खाँदा या जुसको रुपमा पिउँदा सबै खालका पोषक तत्व पाइन्छ र थप क्यालोरी पनि हुँदैंन । यदि तौल कम गर्न चाहनुहुन्छ भने नियमित रुपमा भुईंकटहरको सेवन र हरेक बिहान शारीरिक व्यायाम गर्नुपर्छ । जुसको साटो फल खानाले फाइबर पनि प्राप्त हुन्छ । यसले क्यालोरी कम गर्न र खाना पचाउन मद्धत गर्छ ।

२. हड्डी मजबूत बनाउँछ यसमा प्रचुर मात्रामा म्याग्नेसियम पाइन्छ । यसले शरीरको हड्डी मजबूत बनाउनुका साथै उर्जा दिन्छ । एक कप भुईकटहरको जुस पिउँदा दिनभर शरीरलाई आवश्यक म्याग्नेसियमको ७३ प्रतिशत मात्रा पूर्ति गर्छ ।

३. सूजन हटाउछ भुईंकटहरको जुस पिउनाले सूजनमा पनि कमी आउछ । यसमा मिनरल्स, भिटामिन बी, सी, के, फोलेट, कार्बोहाइड्र«ेट, चिल्लो, क्याल्सियम, फोस्फोरस तथा स्वस्थकर इन्जाइम पाइन्छ । यसमा पाइने ब्रोमिलेन शरीर सुन्निने समस्यामा फाइदाजनक हुन्छ ।

४. रोग प्रतिरोधक क्षमता बढाउँछ यसमा भिटामिन सी तथा बी र सेलेनियम पाइन्छ । यी सबै तत्वले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ । रोग प्रतिरोधक क्षमता बढ्दा शरीर विभिन्न खालका भाइरसबाट लड्न सक्षम हुन्छ । यसका कारण इन्फेक्सनको सम्भावना पनि कम हुन्छ ।

५. आँखाका लागि फाइदाजनक भुईंकटहरमा भएको विशेष  गुणका कारण आँखाको शक्तिका लागि फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन ए आँखाको शक्तिका लागि आवश्यक भिटामिनका रुपमा लिइन्छ । भुईंकटहरमा पाइने एन्टीअक्सिडेन्टले क्यान्सरको खतरालाई पनि कम गर्छ ।

६. डिप्रेसन कम गर्छ यसमा पोटासियम र सोडियम पनि पाइन्छ, जसले हाइपरटेन्सनलाई पनि कम गर्छ । यदि डिप्रेसनको समस्या छ भने भुईंकटहरको जुस नियमित पिउनाले फाइदा मिल्छ । यसमा भएको इन्जाइमले खाना सजिलै पच्न सहयोग गर्छ ।