अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह लामो समयदेखि प्रेममा रहेको चर्चा छ । केही फिल्ममा सँगै काम पनि गरेका यी दुईको केही महिना अगाडि ब्रेकअपको खबर बाहिरिएको थियो तर अहिले फेरि उनीहरुको प्रेम झाँगिदै गएको देख्न सकिन्छ ।
अनु फिल्मभन्दा पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त छिन् भने सविन अभिनीत फिल्म 'हिरोे रिर्टन्स' बैशाख २८ गतेबाट प्रदर्शनमा आउँदै छ । अनु अभिनीत फिल्म 'कान्छी' अहिले प्रदर्शन भइरहेको छ ।
उनले आफ्नो आधिकारिक इन्स्टाग्राममा सविनसँगका तश्बिरहरु प्रशस्तै अपलोड गरेकी छिन् । उनले दुई दिन अगाडि 'मलाई मन पर्ने जोेडी' भन्दै सविनसँगको एक तश्बिर इन्स्टामा शेयर गरेकी छिन् ।
प्रेममा रहेको स्वीकार नगरे पनि यी दुई छुटिएर बस्न पनि सकेका छैनन् । विभिन्न यूवतीहरुसँग पटक-पटक नाम जोडिदै आए पनि सविन, अनुको प्रेममा भने गम्भिर देखिएका छन् ।

तर, अनौठो के छ भने सविनले अनुसँगका तश्बिरहरु न फेसबुक न त इन्स्टाग्राममा नै शेयर गरेका छन् । यो कपललाई पछिल्लो पटक फिल्म 'लक्ष्य' मा एकसाथ देखिएको थियो ।