चितवन/ चितवनको भरतपुर ओरालोमा बिहीबार एउटा कार्यक्रममा दर्शकहरू प्रतीक्षारत थिए। त्यहाँ टिभिएस स्कुटरको पहिलो जुपिटर क्लासिकको उद्घाटन थियो।
उक्त कार्यक्रममा नभई नायिका प्रियंका कार्की र नायक आयुष्मान जोशीलाई हेर्न दर्शक टम्मै भरिएका थिए। केही घण्टाको प्रतीक्षापछि आयुष्मान र प्रियंका स्टेज चढे। अहिले सिने बजारमा उनीहरूकै प्रेम चर्चा चर्काे छ। चितवनको भरतपुरमा रहेको टिभिएस शो रुमबाट बिक्री खुला गर्न उद्घाटनका लागि उनीहरूलाई यहाँ बोलाइएको थियो।
उक्त स्कुटरको यो जोडी ब्रान्ड एम्बेस्डरसमेत हो। केही बेर स्कुटरका फाइदाका बारेमा बोले र फर्किन लागे। आयुष्मान सजिलै स्टेजबाट झरे। प्रियंका अप्ठेरोमा परिन्। आयुष्मानले काखीमा च्यापेर प्रियंकालाई बोकेर झारे। दर्शकहरू झुम्मिए। सबैलाई नौलो लाग्यो उक्त दृश्य। युट्युब संचालकहरूले क्यामेरा तेस्र्याए।

पत्रकारहरू समेत झुम्मिए– उनीहरूको यो ‘एक्सक्लुसिभ’ फोटो र भिडियो लिन। किनकि बजारमा यस्तैको बढी चर्चा हुन्छ। उक्त क्रममा गायक सुरज थापाले गीत गाएर मनोरंजन दिएका थिए। जगदम्बा मोटर्स नेपालले यो स्कुटर बजारमा ल्याएको हो।