एजेन्सी/ इजिप्टमा बेली डान्स प्रस्तुत गर्ने क्रममा भित्री वस्त्र नलगाएको अभियोगमा एक रूसी नृत्यांगना गिरफ्तार भएकी छिन् ।

३१ वर्षीया क्याथेरिना एन्ड्रिभाले गिजाको नाइलस्थित एक नाइट क्लबमा नृत्य देखाउने क्रममा बेली ड्रेस मात्र लगाएर कामोत्तेजक नृत्य गरेकी थिइन् ।उनको नृत्यलाई आकर्षक मानेर केही दर्शकले त्यसलाई सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीको ध्यान आकृष्ट भएको थियो ।

उक्त नृत्य गर्दा भित्री पोसाक नलगाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेर ६ दिन थुनामा राख्यो ।यसलाई आफ्नो जीवनकै सर्वाधिक नराम्रो दिन मानेकी क्याथेरिना अहिले जमानतमा रिहा भैसकेकी छिन् ।

उनले इजिप्टमा यसअघि नृत्य गरेका केही तस्बिर आफैंले सामाजिक सञ्जालमा अपलोड गर्दै आफू पक्राउ पर्नुको कारण आफैंलाई थाहा नभएको बताएकी छिन् । क्याथेरिनाका अनुसार जुन पहिरनका कारण उनलाई पक्राउ गरियो, त्यो पहिरनलाई बेली डान्सरहरू अश्लील मान्दैनन् ।