समयमा खाना नखानाले धेरै मानिसहरु ग्याष्ट्रिकको सीकार बन्न पुगेका छन् । मसालेदार, तारेभुटेको, चप्प खानाले पनि हामीलाई ग्याष्ट्रिक हुने गर्छ ।

हामीले केही घरेलु विधिबाट यसलाई निर्मूल गर्न सक्छौ । जस्तैः जुवानो र बिरे नुन जुन हाम्रो भान्छामा सजिलै पाइन्छ । जसको प्रयोगले ग्याष्ट्रिक निको हुन्छ । जुवानोले खाना पचाउन मद्दत गर्छ । जसले सुत्केरी अवस्था भएको बेलामा अत्यधिक चिल्लो पचाउने काम गर्छ । औषधी बनाउने बिधी बिरे नुनलाई धुलो हुने गरि पिस्ने र पाँच चम्चा जुवानोलाई पनि भुटेर धुलो बनाउँने । पाँच चम्चा जुवानोमा एक चम्चा बिरे नुन मिसाउने । यही अनुपातमा आफुँलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ । जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले दुखाइबाट तत्कालै राहत पाइन्छ । रोग नियन्त्रणमै छ भने राती सुत्नु अघी २ चम्चा यो औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ ।