योग चिकित्सकसमेत रहेएका डा .राजु अधिकारीले प्रत्येक दिन व्यायाम र योगमा ध्यान दिए कुनै पनि खालको रोग नलाग्ने र योग प्राकृतिक खानेकुरामा जोड दिनुपर्ने जनाएका हुन् ।
त्यस्तै तनावमुक्त हुन् यी खाने कुरा खाएमा धेरै फाइदा हुन्छ ।
स्याउ: स्याउमा फस्फोरस र आइरन प्रशस्त मात्रामा पाएने हुदा तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ ।
अमला: अमलामा भिटामिन सी पाइन्छ। भिटामिन सीले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पुर्याउन मद्दत गर्छ ।
कुरिलो: तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । जुन कुरिलोमा पाइन्छन् ।
ब्रोकाउली: ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ ।
दूध: दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ ।
चिसो पानी: चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तत्व उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ ।
केरा: केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ ।