बाहिरी लुगा जतिसुकै राम्रो लगाए पनि यदि भित्री बस्त्र (इनर वेयर) शरीरमा फिट हुने भएन भने असहज मात्रै होइन स्वास्थ्यमा समेत असर पर्छ । भित्री बस्त्र त हो भनेर हेलचक्रयाइ गर्दा स्वास्थ्यमा समस्या निम्तने बताउँछन् चिकित्सकहरू ।सामान्यतया केटीहरू के सोच्छन् भने छोटो साईजको कप भएको ब्रा लगाउनाले ब्रेस्ट लामो समयसम्म कसिलो रहिरहन्छ ।

साथै जतिबेलै ब्रा लगाई राख्दा फिगर पनि राम्रो हुन्छ भन्ने उनीहरूको सोचाई हुन्छ । तर, यस्तो सोचाई गलत हो ।  चौबीसै घण्टा सम्म ब्रा लगाईराख्नु स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाउनाले छालाले श्वास फेर्न पाउँदैन, जसले गर्दा अनेक प्रकारका स्वास्थ्य समस्या देखिन्छ ।

त्यसैले अफिस या बाहिर जाने बेलामा मात्र ब्राको प्रयोग गर्ने र घरमा हुँदा ब्रा नलगाउँदा राम्रो हुन्छ ।

दिनभर ब्रा लगाउँदा हुने साइड–इफेक्ट

  १ स्तनमा पीडा हुने जो महिला दिनभर ब्रा लगाई राख्छन् उनीमा अन्यको तुलनामा स्तनमा बढी पीडा हुन्छ । विशेष गरी त्यो महिलाहरुमा यस्तो समस्या हुन्छ जसले साइजको ब्रा लगाउँदिनन् ।

२. रक्तसञ्चारमा समस्या

चौबीसै घण्टा ब्रा लगाई राख्नाले रक्तसञ्चारमा पनि अवरोध पुग्छ । धेरै कसिलो ब्रा भए स्तनका तन्तुहरू पनि नष्ट हुने खतरा हुन्छ ।

३. पिठ्यूँ दुख्ने

  तपाईमा पिठ्यु दुख्ने समस्या छ भने त्यसको कारण ब्रा हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाइ राख्नु हुन्छ भने पिठ्यूँ दुख्ने समस्याले सताउने गर्छ ।  विशेषगरी त्यो महिलामा यो समस्या देखिन्छ जो सानो साईज र धेरै टाइट ब्रा लगाउँछन् ।

४. छालामा समस्या

  चौबीसै घण्टा ब्रा लगाउनाले छालाको समस्या पनि हुन सक्छ । चिलाउने, जलन, असहज हुनु ।

 ५. रातो बिमिरा आउने

(हाइपरपिग्मेन्टेशन)  धेरै समयसम्म ब्रा लगाउने महिलामा अत्यधिक मात्रामा रातो बिमिरा आउने खतरा रहन्छ ।

 ६. फंगस फैलिने आंशका

चौबीसै घण्टा ब्रा लगाइ राख्नाले शरीरमा मोइस्चर बन्छ । जसले गर्दा फंगस फैलिने आशंका बढेर जान्छ ।

  (एजेन्सीको सहयोगमा)