काठामाडौं/कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङभन्दा उनकी श्रीमती उषाकला राईको नाममा धेरै सम्पत्ति रहेको छ ।
मन्त्री तामाङले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो, श्रीमतीको र परिवारको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।
के-के छ राईसँग ? (उनले आफूसँग ३० तोला सुन, पुरानो बानेश्वरमा ६ आना जग्गा, गोकर्णमा ३ आना २ पैसा १ दामको जग्गा र त्यसमा बनेको घर, विभिन्न संस्थामा १५ लाखको सेयर, एउटा सानो मोटर कार, एउटा मोटरसाइकल, २ वटा ल्यापटप, २ वटा मोबाइल रहेको बताए ।
(उनकी श्रीमती प्रदेश नम्बर १ की समानुपातिक सांसद उषाकला राईको नाममा मोरङको दुलारीमा साढे २ विगाहा जग्गा र खोटाङमा १ सय ५ रोपनी जग्गा रहेको जनाइएको छ । राईको माइती खोटाङ हो ।