चक्रघट्टि । बराहक्षेत्रको मधुवनमा शनिबार राति आगलागीबाट पीडित बनेका परिवारसँग बराहक्षेत्र ७ निबासी सुरज भण्डारीले आफ्नो खुशी केही मात्रामा भएपनि बाड्ने उदेश्यले २६ औ जन्मदिन उक्त बस्तिमा गएर मनाएका छन् ।
सधै आफ्नो जन्मदिन परिवार र साथिसँग मनाउने,घुम्न जाने गरेर बिताउथे तर यो पल्ट अग्नि पीडितसँग बसेर आफ्नो खुशी बाड्ने साथै उनीहरुसँग रमाइले गरी जन्मदिन मनाउने सोचेर आफ्ना केही साथिहरुसँग यस बस्तिमा आएर जन्मदिन मनाएको सुरज भण्डारी बताउछन् । उनीहरुले अहिले सबै खुशी गुमाएका छन् यो दुखको क्षणमा उनीहरुसँग जन्मदिन मनाउदा आफु ज्यादै प्रसंन्न भएको र जिवनकै अविष्मरणिय क्षण यही रहने भण्डारी बताउछन् । उक्त पीडित बस्तिका सम्पुर्णलाई चकलेट बाडी केक काटेर जन्मदिन भनाएका भण्डारीले प्रत्येक परिवारलाई बाल्टि, आरी, पानी बितरण गरेका छन् । आगामी दिनमा पुन यस बस्तिमा आएर थप सहयोग गर्ने भण्डारी बताउछन् ।
यस्तो दुखको बेलामा उहाले हामीसँग आएर जन्मदिन मनाउनु भयो हामी धेरै खुशी भयौ धेरै रमाइलो भयो भनी ३५ बर्षिय सोनेलाल चौधरी बताउछन् । एकछिन भएपनि सबै पिडा बिर्साइदियो यो क्षणले बल्वी देवि सरदार भन्छिन । कक्षा ५ मा पढ्ने कुन्ता देवी सरदार भन्छिन्‘हामीलाई आज धेरै खुशी लागेको छ, आजसम्म यस्तो चिज खाएकै थिइन,’ रमाइलो पनि भयो धेरै मिठो भयो भनी खुशी व्यक्त गर्छिन । केही समयलाई भएपनि यस बस्तिमा खुशि छाएको गुन्जाज देवि सरदार बताउछिन् ।
अहिलेको युवा सुरजले यस बस्तीमा आएर जन्मदिन मनाएको छ । केही समयलाई भएपनि पीडितले पीडा भुलेका छन् भनी ११ नं वडा अध्यक्षले सुरजको प्रशंशा गरेका छन् ।
सुरजले अन्नि पीडितसँग जन्मदिन मनाए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































