मोरङ/ विप्लव माओवादीले वन्द आव्हान गरेको भनिएको अवस्थामा १ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई लक्षित गरी आइतवार विहान मोरङको पथरीशनिश्चरेमा बम प्रहार भएको छ ।

विराटनगरबाट उर्लाबारीतर्फ जाँदै गरेका मन्त्री घिमिरे चढेको गाडी कट्नासाथ विहान ९ वजेको समयमा वम फ्याँकेर विष्फोट गराइएको इलाका प्रहरी कार्यालय पथरी प्रमुख विजय श्रेष्ठले बताए ।

विप्लव माओवादीले वन्दको आव्हान गरेको अवस्थामा उसैले वम विष्फोट गराएको हुनसक्ने प्रहरीको भनाई छ ।

पूर्वपश्चिम मुख्य सडकस्थित पथरीको हरियाली सामुदायिक वन नजिकको सडकमा मन्त्री घिमिरे कट्नासाथ सुतली वम विष्फोट भएको थियो । तत्कालै वम प्रहार गरेर केही युवाहरु भागेको भनिएपनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन ।

त्यसभन्दा अघि विहानै पथरीको गुम्वा लाइनमा राखेको सुतली वमलाई विराटनगरस्थित सेनाको टोलीले निस्कृय पारेको थियो । त्यस्तै, उर्लाबारी मंगलवारेस्थित सुनझोडा खोला पुल नजिकै राखेको वम समेत सुरक्षाकर्मीले निस्कृय पारेका छन् ।

बन्द आव्हान गरेको भनिएपनि यातायात र पसलहरु भनें सुचालु भइरहेको छ ।