संखुवासभा/ भारतको सिङला घर भई हाल संखुवासभाको अरुण तेस्रो जलबिधुत परियोजनामा टेक्निकल डिपार्टमा काम गर्दै आएका ३५ बर्षिय गौरब नेगीको शनिबार पौडी खेल्ने क्रममा खोलामा डुबेर ज्यान गएको छ।

खाँदबारी नगरपालिका-९ स्थित सभाखोलामा पौडी खेल्ने क्रममा दिउँसो ३;३० बजे उनी खोलामा डुबेका थिए।

घटनास्थलमा तत्काल प्रहरी टोली खटिगइ उद्धार गरी मनकामना अस्पताल तुम्लिङटार पठाएकोमा उनको उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जनाकारी प्राप्त भएको छ। घटनाबरे थप अनुसन्धान भइरेहको छ।