-
Home
-
राशिफल
-
अमेरिकाद्वारा रूसका ६० कुटनीतिज्ञ निस्कासित
अमेरिकाद्वारा रूसका ६० कुटनीतिज्ञ निस्कासित
काठमाडौं । अमेरिकाले रुसका ६० कुटनीतिज्ञलाई निस्कासित गरेको छ । यसका साथै अमेरिकाले सिएटलस्थित रुसी दूतावास बन्द गर्न आदेशसमेत दिएको छ ।
हालसम्म अमेरिकासहित, बेलायत, जर्मनीलगायत २० देशले एक सयभन्दा बढी रुसी कुटनीतिज्ञलाई निस्कासित गरिसकेका छन् ।
अमेरिकाले शीत युद्धपछि रुसमाथि सबैभन्दा ठूलो कारवाही गरेको बीबीसीले जनाएको छ । यसअघि शीत युद्धको बेला सन् १९८६ मा तत्कालीन अमेकिी राष्ट्रपति रोनाल्ड रेगनले ८० रुसी कुटनीतिज्ञलाई निस्कासित गरेका थिए ।
अमेरिकाको यो कारवाही बेलायतमा रुसका पूर्व जासुस सर्गेई स्क्रिपल र उनकी छोरी युलियालाई बिष प्रयोग गरी हत्या गर्न खोजेको आरोपमा रुसले नर्बेका एजेन्टमाथि गरेको कारवाहीप्रतिको प्रतिक्रिया हो । रुसी कुटनीतिज्ञहरुलाई उनका परिवारका सदस्यहरुसहित अमेरिका छाड्न सात दिनको समय दिइएको छ ।
ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सले भनेकि छन्, ‘आज राष्ट्रपति डोनाल्ड ट्रम्पबाट रुसका दर्जनौं कुटनीतिक अधिकारीहरुलाई अमेरिकाबाट निस्कासित गर्न आदेश आएको छ । यसका साथै सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गर्न पनि आदेश दिइएको छ । किनकी यो दूतावास हाम्रो पनडुब्बी र बोइङ अड्डाको नजिकै छ ।’