सबैले माया मारेर केभो तिमी छँदैछौ नि मलाई प्यार गर्ने तिमीले पनि माया दिन नभ्याउँदा आँसु छँदैछ नि मलाई स्याहार गर्ने
पत्नी वियोगमा परेका मदनकृष्णले लेखे : आँसु छँदैछ नि मलाई स्याहार गर्ने
काठमाडौं । सोमबार राति उपचारको क्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको निधन भएको छ ।
लामो समयदेखि क्यान्सरबाट पीडित यशोदाको मंगलबार आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा छोरा यमन श्रेष्ठले दागबत्ती दिनुभएको थियो । सुवेदीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि आर्यघाटमा सयौँको उपस्थिति रहेको थियो ।
पत्नी वियोगबाट विक्षिप्त बन्नुभएका मदनकृष्ण श्रेष्ठले फेसबुकमा आफूलाई सधैँ माया गर्ने पत्नी यशोदाले छाडेर गए पनि स्याहार गर्ने आँसु छँदैछ नि भन्नुभएकाे छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































