नेपाली रजटपतकी चर्चित अनि हट केक नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको अर्काे भाग्य परिक्षा आजबाट सुरु भएको छ । उनको तेस्रो चलचित्र तिमी संग आजबाट रिलिज भएको छ । सधै लाईमलाईटमा रहँदै आएकी साम्राज्ञी यतिबेला सर्वाधिक पारिश्रृमिक लिने नायिका पनि हुन् ।
आफनो फिल्म र प्रेम सम्बन्ध बाहेक कुनै बिवादमा नआएकी साम्राज्ञीले पछिल्लो समय दुई काण्डको कारण आलोचना खेपिन् । १८ बर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रबेश गरेकी उनले ट्याट् काण्ड र गाउँले रोल गर्दिन् भन्ने बिवादमा आफनो प्रतिक्रिया पनि दिईसकेकीछिन् । तर उनले आफुबाट हुँदै नभएको गल्तीको सजाँय भोग्दा पनि डिप्रेसनमा पुगेको बताएकीछिन् ।
उनको दुबै बिवादको समय उनी फिलिपिन्समा कायराको सुटिङ गर्दे थिईन जुन समय सबैको आलोचनाबाट आहत भई डिप्रेसनमै पुगेको बताईन् । उनले भनिन् “त्यो बेला क्यामरा रोल भईसक्दा पनि मेरो मुख खुल्यो तर आवाज आएन , सास फर्न गाह्रो भयो बाथरुममा आफुलाई लक गरेर धेरै रोए ।
“म डिप्रेसनमा गएको थिए तर परिवारको सपोर्टले , टिमले साहस दिँदा सम्हालिए बिगतलाई सम्झिँदै भनिन् । हरेक सेलिब्रेटीको जीवनमा १९ २० हुन्छ नै भन्ने बुझेर आत्मविश्वास बढाए” । ‘तिमी संग’ को रिलिज लगत्तै उनी इण्टु मिण्टु लण्डनमाको दोस्रो चरणको सुटिङका लागि लण्डन जाँदैछिन् । जसमा उनले धिरज मगरसंग स्क्रिन सेयर गर्देछिन् ।