इटहरी/ नयाँ बर्ष २०७५ सालको उपलक्ष्यमा इटहरी स्थित बालग्राम चौकमा भएको सास्कृतिक साझमा चर्चित गायक डम्बर नेपालीले युवा देखि वुढाबुढी सम्मलाई नचाए । शुत्रवार आफ्नो करीब आधा दर्जन गित प्रस्तुत गरेका नेपालीले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
नेपालीको चर्चिच गित तर अन्तिम पल्ट भेट्न आउ भन्दै गित गाउँदा दर्शकहरु रमाईरेका थिए । जब उनी स्टेजमा प्रबेश गर्ने बित्तिकै पछि पछि दर्शकहरु नाच्न आए । बिग्र्र्रेको मान्छे म भत्केको घर बोलको गित गाउदा युवाहरु स्टेज अगाडी आएर नाँचे ।
आधा दर्जन गित गाउँदा पटक पटक दर्शक माझ पुगेर संगै नाँच्दै उनले नयाँ बर्ष अबिस्मणिय बनाउने प्रयास गरे । पुराना र चर्चित गित गाएर दर्शकलाई नचाउन सफल डम्बरले आफ्नो बिल्कुलै नयाँ गित पनि गाएका थिए ।
नेपाली सँगै आएका कलाकार रुपक डोटेलले पनि आफनो गितहरु प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दलाएका थिए । बालग्राम होराईजन र दर्पण क्लबको आयोजनामा भएको सास्कृति कार्यक्रममा कलाकार नेपाली सँगै स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती रहेको आयोजक समितिका अगुवा दिपक गिरीले वताए । उनले भने कार्यक्रम सोचेभन्दा राम्रो भयो दर्शकहरुको भिडले कार्यक्रम उत्साहजन भयो उनले थपे ।

त्यस्तै इटहरीमा रहेको होटल त्रियुगाले नयाँ बर्षको अबसरमा शुत्रवार राती नै सास्कृतिक कार्यक्रम गरेको छ । डम्बर नेपाली रुपक डोटेल र जुन प्रसाई ल्याएर कार्यक्रम गरेको होटलका सञ्चालक नेत्र गिरीले वताए । दैनिक दोहरी तथा सास्कृति कार्यक्रम हुदै आएको होटलमा दर्शकको लागी राष्ट्रिय कलाकार बोलाएको उनको भनाई थियो ।