विराटनगर/ मोरङको दक्षिणी भेग जहदा गाउँपालिकामा निःशुल्क प्रसुती सेवा सुरु भएको छ ।

जहदा गाउँपालिका – १ का वडा अध्यक्ष प्रदिपचन्द यादवको सक्रियतामा जहदा गाउँपालिको बुधनगरमा निः शुल्क प्रसुती सेवा सुरु भएको हो ।

गाउँपालिका १ को वडा कार्यालयसँगै रहेको बुधनगर स्वास्थ्य चौकीमा नेपाल सरकारको सहयोगमा ‘आमा सुरक्षा कार्यक्रम’ ल्याएपछि अहिले सर्वसारधणले स्थानिय स्तरमै स्वास्थ्य लाभ लिन थालेको वडा अध्यक्ष यादवले बताए ।

स्वास्थ्य चौकीमा जहदा गाउँपालिकाले करारमा दुई जना स्वास्थ्यकर्मी राखेका छन् । गाउँपालिकामा रहेको स्वास्थ्यचौकीबाट २४ घण्टा सेवा प्रदान हुन थालेपछि अहिले विरामीको चापसमेत बढेको सामाजिक परिचालक हरिओम राजवंशीले जानकारी दिए ।

‘सानो तिनो विरामी हुँदा पनि घण्टौ खर्चेर विरामी सदरमुकाम विराटनगर आउनुपर्थो,’ वडा अध्यक्ष प्रदिपचन्द यादवले भने, ‘स्थानिय स्तरबाटै स्वास्थ्य सेवा दिन थालेपछि सामान्य विरामी हुँदा विराटनगर जानुपर्ने समस्याको अन्त्य भएको छ ।’ वडा अध्यक्ष यादवलको अनुसार प्रसुती सेवा सुरु भएपछि स्वास्थ्य चौकी २ जनाको सफल प्रसुती भएको बताए ।

‘नर्मल हुनेसम्म यहाँकै स्वास्थ्य चौकीमा हुने गरेको छ,’ यादवले भने,‘यहाँ थप उपचार हुन नसेको खण्डमा मात्र्र विरामीलाई विराटनगरको अस्पताल रिर्फर गर्ने गरेका छौं । त्यसको लागि स्वास्थ्य चौकीमा २४ घण्टा एम्बुलेसन्स स्वास्थ्य चौकीमा राख्ने गरेको छौं ।’ विरामीको लागि एम्बुलेन्स सेवा निःशुल्क रहेको छ ।