नेपाली कांग्रेसका युवा नेता गगन थापाले आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानलाई समर्थन गरेका छन् । थापाले बुढानिलकण्ठ नगरपालिका, चुनिखेलको वालउद्वार विद्यालयमा कक्षा १ मा रशिका श्रेष्ठलाई भर्ना गरेर अभिाभावकत्व ग्रहण गरेका छन् ।

अब थापाले रिशकाको कक्षा १२ सम्मको अध्ययन, पाठ्यपुस्तक, पोशाक लगायतको सम्पुर्ण जिम्मेवारी लिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा ६ वर्षीय एक बालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । विद्यार्थी भर्ना अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले शनिवार मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका ८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई विद्यालय भर्ना गराएका हुन् । त्यस्तै प्रधानमन्त्री धर्मपत्नी राधिका शाक्यले पनि छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेकी छन् । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराएका हुन् । सरकारको यो अभियानको स्वागत गर्दै पूर्व स्वाथ्यमन्त्री समेत रहेका थापाले उक्त कार्यमा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।