काठमाडौं/ सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको शपथविरुद्ध परेको रिट खारेज गरेको छ।
सपना मल्ल प्रधानको एकल इजलासले उक्त रिट खारेज गरेको हो। पदावधि सकिएका प्रधानन्यायाधीशले राष्ट्रपतिलाई शपथ खुवाएको र त्यो शपथ गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
अधिवक्ता नारायण खरेल र हेममणि सुवेदीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त रिट खारेज गरेको हो।