काठमाडौं/ एमालेसँग एकतामा जाने निर्णयपिछि माओवादीबाट अलग भएर बसेका नेता गोपाल किरातीले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नयाँ पार्टी गठनको प्रस्ताव अगाडि सारेका छन् ।
उनले आज सानो विज्ञप्ती निकालेर माओवादीधारको केन्द्रीकरणमा निर्णायक पहल गर्न पनि विप्लवसँग आग्रह गरेका छन् । उनले प्रचण्ड एमालेसँग लम्पसार भएको भन्दै माओवादी केन्द्रका नेता कार्यकर्तालाई माओवादीधारामा फर्कन आग्ह गरेका छन् । किरातीले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्र गठन गरेको बताएका छन् । राताेपाटीबाट