सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

निरुता भन्छिन् “भारतीयलार्इ , धोती भन्दा चित्त दुख्छ”

ब्लाष्ट खबर वैशाख ९, २०७५ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
निरुता भन्छिन् “भारतीयलार्इ , धोती भन्दा चित्त दुख्छ”
कुनै समयकी चर्चित नायिका निरुता सिंह लाई अझै पनि नेपाली चलचित्र प्रेमी दर्शकहरुले भुलेका छैनन् । मन छुने अभिनय , सुन्दर मुहार र नृत्यमा समेत पोख्त निरुता यस्ती नायिका हुन् जसले कुनै समय दक्षिणा , बन्दकी , चाँदनी , दपर्ण छायाँ लगायतका सुपरहिट चलचित्र दिईसकेकी उनी यतिबेला नेपाली चलचित्रबाट टाढै छिन् । जब ६२/६३ को जनआन्दोलनपछि जब नेपाली चलचित्र क्षेत्र धरापमा पर्न थाल्यो तब धेरै कलाकारहरु बिदेशीए । यस्तैमा पर्छिन् निरुता पनि । हुन त बीचमा उनले केही चलचित्रमा अभिनय गरिन् तर ती चलचित्रहरु सफल हुन सकेनन् । त्यसबीचमा उनी बलिउडमा जम्ने कोशिससमा पनि संघर्ष गरिन् तर उनले सफलता पाईनन् । यतिबेला पनि मुम्बईमा नै बस्ने निरुता अब भने चलचित्रमा कमव्याक गर्ने सोचमा छिन् । आफनो उमेरलाई सुहाउँने स्क्रिप्ट पाए आफु चलचित्रमा काम गर्न तयार रहेको बताई्न । उनी नेपाली भाषी भारतीय नागरिक हुन् त्यसैले पनि उनलाई भारतीय हुन नेपाली होईनन् भनेर पनि कमेण्ट गरिन्थ्यो । उनले एक अन्तरवार्तामा भनिन् “जन्म भुमि जति प्यारो हुन्छ त्यती नै कर्म दिने भुमि पनि प्यारो हुन्छ । आज म निरुता सिंह भएर जति माया सम्मान पाएको छु त्यो सबै नेपालबाट नै पाएको हुँ । तर कहिलेकाही निरुता सिंह भारतीय हो धोती हो भन्दा मन दुख्छ” । भारतमा जन्मिनु आफनो च्वाईस नभएको भन्दै आफनो पुर्खाहरु पनि नेपाली नै भएकोले आफुहरु नेपालसंगको भावनात्मकरुपले निकै नजिक रहेको बताईन् । उनी भन्छिन् “नेपालसंगको मेरो लगाब हिजो पनि थियो आज पनि छ र सधै रहनेछ” ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार