धनकुटा/ धनकुटा नगरपालिका वडा नं.६ मा रहेको निशानभगवतीको प्राङ्गगणमा आगामी जेष्ठ २ गते देखी १० गतेसम्मश्रीमद् देवीभागवत पुराण नवाह महायघ हुने भएको छ ।
नवाह महायज्ञ सव्य र भव्य रुपमा सफलपार्नको लागीपुर्व क्याम्पस प्रमुख नारयण जोशिको संयोजकत्वमा १ सय ८ सदस्यीय पश्रीमद देवीभागवत पुराण नवाह महायघ मुल समारोह समिति गठन गरिएको छ ।
समितिले बुधवार पत्रकार सम्मेलनको आयोजनागरि महायज्ञ सम्पन्नगर्नको लागीविभिन्न ९ वटा उपसमिति गठन गरिएको र आ–आफ्नो जिम्मेवारी अनरुपकार्य अघि वढाईरहेको पनिजानकारी दिइएको छ । श्रीमद देवीभागवत पुराण नवाह महायघमा पण्डित दिनवन्धु पोखरेलले पाठपारायण तथा संगितमयकथावाचनगरिने आयोजकले जानकारी दिएको छ ।
निशानभगवतीमन्दिर धनकुटामा वि.सं.१८४० भन्दापहिले जङ्गीनिशानभगवतीमन्दिरको रुपमा स्थापनाभएको पाइन्छ । जङ्गीनिशानको इतिहाँस हेर्दा २ सय ५० वर्ष पुरानो श्रीजंङ्ग गण तथाइन्द्रध्वोज गणको निशानपनिविगतशताव्दियौं देखी रहेको निशानभगवतीमन्दिर मै रहेको छ ।
निशानभगवतीको मन्दिरलाई धनकुटाका आठपहरिया समुदायले इष्ट देवताको रुपमालिने गरेको बताइएको छ । गजदल राई लगायत ८ पगरी राईहरुले निशानभगवतीको मन्दिरलाई पहरा दिएकाले धनकुटामा आठपहरिया जाति रहँदै आएको पनि बताइएको छ ।
श्रीमद देवीभागवत पुराण नवाह महायघ मुल समारोह समितिको उप–संयोजक सुवासचन्द्र जोशिको अध्यक्षतमाभएको पत्रकार सम्मेलनमा महायज्ञ सफलपार्नको लागी ११ जना ब्राम्हणहरुद्धारा कथावाचनतथा पाठपारयण हुने बताईएको छ । महायज्ञ सफलपार्नको लागी ८ लाख रुपैयाँखर्च हुने आयोजकले जनाएको छ ।
निशानभगवतीमन्दिरमा हरेक वर्ष आयोजनाहुने देवीभवानीको वार्षिक रुपमागरिने पुजाव्यावस्थापनको लागी कोष वढोत्तरी गर्ने उदेश्यले श्रीमद् देवीभागवतनवाह पुराण आयोजनागर्न लागीएको महायज्ञ प्रचार प्रसार समितिका संयोजकजनार्दन घिमिरेले बताएका छन् ।
पत्रकार सम्मेलनमा सहभागीहरुले महायज्ञ आयोजनागर्दा सुरक्षा संवेदनाशिलतालाई वढी ध्यानदिनु पर्ने कुरामाजोड दिएका छन् । राजधानीआन्दोलनको कारण धनकुटा रिसाएको अवस्था छ । नवाह पुराणले सम्पुर्ण धनकुटेलीहरुको चाहाना पुराहोस भन्ने कामना समतगरिएको छ ।
विराटनगरमा केहीदिन अघि भएको घट्नाको स्मरण गर्दै त्यसो हुननदिनआवश्याक सुरक्षाव्यावस्थामिलाउनु पर्नेमा सहभागीले जोड दिएकाथिए । निशानमन्दिरमा रहेको हालको अक्षयकोषमा १० लाख रुपयाँ रहेकोमा सो रकमको ब्याँजले पुजाआजागन् अपुगभएकाले पनि कोषवृद्धि गर्न आवश्याक रहेको आयोजकले औल्याएको छन् ।
पत्रकार सम्मेलनमाजिल्लाअदालत धनकुटा बारका अध्यक्षआनन्द सन्तोषी राई,पत्रकार महासंघ धनकुटाका अध्यक्षनगेन्द्र राई लगायतले जिज्ञासा राखेका थिए । कार्यक्रमको सचालन महायज्ञ प्रचार प्रसार समितिका संयोजकजनार्दन घिमिरेले गरेका थिए ।