बिर्तामोड । बिर्तामोडको धौलागिरी पारिजात बचत तथा ऋण सहकारी संस्थाले हिमालयन बैंकको बिर्तामोड शाखाबाट एक लाखको बण्डलमा भित्र एउटा ५ सयको नोट फेला परेको हो । १ हजारका १ सयवटा नोट हुनुपर्नेमा भित्र एउटा ५ सयको एउटा नोट फेला परेको सहकारी संस्थाका क्यासियर श्रृजना कार्कीले बताइन् । नेपाल राष्ट्र बैकले केही बर्ष यता पैसाको बण्डलमा पिन लगाउन प्रतिबन्ध गरेको छ । तर, पिन लगाएको पैसाको बण्डलमा समेत अर्कै नोट फेला परेपछि यस घटनामा बैंकका कर्मचारी नै संलग्न भएको हुनसक्ने आशंका बढेको छ । हिमालयन बैंकले बिर्तामोडकै नविल बैंकबाट सो पैसा ल्याएको बुझिएको छ । हिमालयन बैंकबाट सहकारीले लगेको पैसामा कम्ती दरको नोट फेला परेको हो । नविल बैंक बिर्तामोडका मेनेजर मनोज अर्यालले बैंकको गल्ती भएको स्विकार गरे । ‘सामान्य गल्ती हो, कुरा मिलिसक्यो, यसलाई बाहिर नलगिदिनु होला । हिमालयन बैंकका मेनेजर सुवोध राईले पनि बैंकको गल्ती भएको स्विकार गरेका छन् । पैसा बुझ्दा कमी कमजोरी भएको भन्दै ग्राहकले समेत गनेर पैसा लानुपर्ने उनले बताए । उनले सहकारीलाई पैसा फिर्ता दिएको अस्विकार गर्दै भने–‘हामीले कसैलाई पैसा दिएका छैनौ ।’ तर, सहकारीका मेनेजर राजेश दहालले भने बण्डलमा अपुग भएको पैसा बैंकबाट लिइसकेको जानकारी दिए । सहकारीले बुझेको पैसामा पिन खोलेको भए बैंक जवाफदेही नहुने थियो । पिन नखोली हेरेको भएर नपुग पैसा पाएको सहकारीले जनाएको छ । बिर्तामोडमा यो पहिलो घटना भने होइन । यस्ता घटना पहिलेपनि हुने गरेको उपभोक्ताले टीप्पणी गरेका छन् । पत्रकार समेत रहेका गोपाल काफ्लेले पहिले आफुसमेत ठगिएको जनाउँदै सजग रहन ग्राहकलाई आग्रह गरेका छन् । ‘यो काण्ड फेरी दोहोरिएछ, बैंकका केही कर्मचारी यही ब्यवसायमा लागेको हुँदा रहेछन् , होसीयार बंैकर्स’ भन्दै काफ्लेले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन् ।