धरान । चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका मोदीले आफ्नै कार ल्याउने भएका छन् ।

भारतीय वायु सेवाको विमानमा काठमाडौं उत्रिनु तीन दिनअघि नै उनी चढ्ने कार काठमाडौं र जनकपुर आइपुग्नेछन् । उनले विशेष प्रकारको कार प्रयोग गर्नेछन् ।

आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउने वा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने भन्ने छलफल चलिरहेको छ ।

यसअघि भारतीय राष्ट्रपति प्रणम मुखर्जीले भने बुद्ध एयरको विमान प्रयोग गरेका थिए । ०७१ साउन र मंसिरमा नेपाल भ्रमण गर्दा मोदीले आफ्नै कार ल्याएका थिए ।