जनताको शान्ती सुरक्षामा खटिएका प्रहरी आफै हतियार धारी गुण्डा भए । पैसाका लागी प्रहरी नै ज्यान मार्ने रहेछन् । सुनसरी र मोरङ्मा भएको सुन्दा पनि शरिर नै जिरिङ्ग हुने घट्नाले अहिले नेपाल प्रहरी वृतमा हल्लीचल्ली ल्याएको छ ।
अहिले नेपाल प्रहरी वदनाम छ । पछिल्लो समयमा सुन तस्करी सेटिङले प्रहरी बदनाम मात्र हैन अधिकांस सञ्जनहरु छिछि भन्न थालेका छन । पूर्वी नेपालको मोरङमा भएको ३३ केजी सुन काण्डले प्रहरी संगठन भित्र नै हलचल ल्यायो । साढे ३३ केजी सुन गायब प्रकरणका मुख्य अरोपी गोरे भनिने मोरङ उर्लाबारी ७ का ३५ वर्षीय चुँडामणी उप्रेतीले नेपाल प्रहरीका वहालवाल अधिकृत देखि पूर्व डिआईजी सम्मलाई खोरमा पुर्याए पछि प्रहरी भित्रको डरलाग्दो कर्तुत बाहिरियो त्यो पनि सुन्नै नसकिने । पूर्व असईका छोरा गोरेले धेरै प्रहरीलाई प्रहरीको खोरमा पुर्याए । साडे ३३ केजी सुन गायव भएको रहस्यम घटनामा मोरङ उर्लाबारी नगरपालिका–७ का युवा सनम शाक्यको सुन पत्ता लगाउने क्रममा गिरोहले जंगलमा करेन्ट लगाएर निर्ममता पूर्वक हत्या गरेको थियो । त्यसछि उक्त घटनामै संलग्न रहेको भनिएका काठमाडौ अन्तर्रा्ष्ट्रिय विमानस्थलका लोडर प्रेमलाल चौधरी र अर्का व्यक्तिको पनि रहस्यम मृत्यु भइसकेको छ । तर तीन जनाको मृत्यु भइसके पनि प्रहरीले गायब भएको साढे ३३ केजी सुन कहाँ छ भनेर खुलाउन सकेको छैन । प्रहरीकै मिलोमतोमा भएकाे यो घटना शाक्यको मृत्यु नभएको भए अझै बाहिरिन्दैनथियाे । शाक्यको मृत्यु सँगै आएको प्रहरीको कर्तुतले अहिले प्रहरी प्रति बुझ्ने नजर सर्वसाधरणको बद्लिएको छ ।
प्रहरीकै मिलोमतोमा भएका यो घट्नालाई अझै प्रहरी गहन अनुसन्धान गरी अबैध सुन कारोबारमा संलग्नसहित गायव भएको सुन समेत बरामद गरेर देखाउनुपर्ने चुनौती थपिएको छ ।साडे ३३ केजी सुन गायब प्रकरणले झन् अपराध बढाएको र रहस्य पेचिलो बन्दै छ । यसरी संगठनको वदनाम गर्ने प्रहरी अधिकारी माथी कडा भन्दा कडा कार्वाही हुनु पर्छ । ठूलो परिमाणको उक्त सुनको बारेमा पनि महाशाखाले अहिलेसम्म कुनै ठोस विवरण सार्वजनिक गर्न सकेको छैन । अभियुक्तहरु पक्राउ पर्नु र सुन बोकेका भरियाको हत्या हुँदा समेत ३३ केजी सुन कहाँ छ भन्ने बारेमा अहिलेसम्म प्रहरीले सुईको पाउन नसक्नुलाई ठूलो कमजोरी वा प्रहरीकै संलग्नता रहेको आशंका गरिएको छ । संस्थाको प्रकृति पनि व्यक्तिको जस्तै हुन्छ । सप्रन कठिन तर बिग्रन वा बिगार्न धेरै सजिलो । अनि एकपल्ट बिग्रेपछि ’फुटेको हाँडी’जस्तो हुने । व्यक्तिको उत्थान वा पतनमा मूलतः उसैको हात हुन्छ । संस्था भने बनाउने धेरै हुन्छन् तर एकाध जनाले सजिलै बिगारिदिन्छन् । नेपाल प्रहरीका हजारौँ कर्तव्य निष्ठ प्रहरी जवान र अधिकृतले ज्यानको बाजी थापेर प्रहरीको साख बढाउँछन् । तर, एकाध भ्रष्ट अधिकृतको क्रियाकलापले त्यस्तो साख ध्वस्त हुन्छ । जनताका आँखामा विश्वास जगाउन फेरि ठूलो प्रयास गर्नुपर्छ । कहिले कहीँ त ठूलै क्षति सहनुपर्छ । कर्तव्यपरायण प्रहरीले ज्यान अर्पनुपर्ने हुन्छ । यसैले संगठनको साख जोगाउन बढी नै सजग हुनु पर्छ ।
लोभी पापीका कारण समग्र प्रहरीको वदनाम गर्ने प्रहरी अधिकृतहरुलाई हदै सम्मको कार्वार्ही गर्नु पर्छ । ‘सत्य सेवा सुरक्षणमको पवित्र उद्देश्य बोकेको प्रहरी संगठनप्रति आम जनताको विश्वास हराउँदै गएको छ । तस्करहरुसँग प्रहरीको साठगाठको खबर निरन्तर आइरहेका छन् । हत्या हिसांमा प्रहरीको संलग्नता बढ्दो छ । प्रहरीमा राजनीतिक हस्तक्षेपले पनि चरम रुप लिएको छ । शान्ति सुरक्षा जस्तो संवेदनशील विषय हेर्ने निकायमा संस्थानमा जस्तै गरी राजनीति भित्र्याइएको छ । सरुवा बढुवामा पनि प्रहरी अधिकृत प्रहरी नेतृत्वको कमजोरी हो । चेन अफ कमाण्ड नाम मात्रको छ । प्रहरीको सरुवा बढुवामा आर्थिक चलखेल छदैछ । प्रहरी संगठनलाई बद्नाम गराउनेहरुलाई कार्वार्हीको दायरामा ल्याउनु नसक्नु आजको आवश्यकता हो । योग्य र क्षमतावनलाई पाखा र भ्रष्ट एवम् असक्षमलाई काखमा राख्ने प्रहरी संगठन भित्रको चाप्लेसी प्रथा कसले रोक्ने ? स्वच्छ इमानदार, जुुझारु, उत्कृष्ट कार्य सम्पादन गर्नेको हातमा नेतृत्व पुगे मात्रै नेपाल प्रहरीले प्रभावकारी र ऐतिहासिक गति लिन सक्नेछ । संगठनलाई सुक्ष्म रूपमा बुझेको, कार्यप्रति विश्वसनीयता, राम्रो भिजन भएको, सिर्जनात्मक शैली र चुनौतीहरूसँग रणनीतिक ढंगबाट लड्न सक्नु पर्छ। केही अपवादबाहेक हरेक प्रमुखले सबैभन्दा बढी यही क्षेत्रमा शक्तिको दुरूपयोग गरेका छन् । यसकारण नै प्रहरी संगठन दिनप्रतिदिन ओरालो लाग्ने क्रममा छ । कुनै व्यक्ति विशेष हेरेर होइन, संगठन हाँक्न सक्ने र सरकारको नीतिलाई इमानदारीपूर्वक लागू गर्न सक्ने व्यक्ति नै त्यस्ता प्रमुख ठाउँमा प्रहरी प्रमुख बनाउँनु पर्छ । त्यस कारण अहिले सुन काण्डमा जोडिएका सबै प्रहरीलाई कडा भन्दा कडा कार्वार्ही यो सरकारले गर्नु सक्नु पर्छ। सुडान काण्ड देखि सुन काण्ड सम्म आउँदा नेपाल प्रहरीको साख कहाँ पुग्यो यो विषयमा नेतृत्व कर्ताले पनि सोेच्नु जरुरी छ । लामो समय देखि प्रहरी संगठन भित्र पैसाको लागी मरीहत्ते गर्ने प्रहरी अधिकृतहरुलाई कडा कार्वार्ही होस् ।