काठमाडौं/ अनसनको नाम लिने बित्तिकै धेरैले डा. गोविन्द केसीलाई सम्झिने गर्छन् । चिकित्सा क्षेत्रको बेतिथिको अन्त्यका लागि भन्दै केसी दर्जन बढी पटक अनसन बसिरहेका छन् । हालआएर उनै डाक्टर केसीविरुद्ध एक युवा आमरण अनसनमा बसेका छन् ।

राजधानीको खुल्ला मञ्चमा ‘हाम्रो पार्टी नेपाल’ नामक पार्टीको भातृ संगठन मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक ओखलढुङगाका २७ वर्षीय विजय थापा आमरण अनुसनमा बसेका हुन् ।

डा. केसीको आन्दोलनको बलमा मेडिकल शिक्षाका सम्बन्धमा राष्ट्रघाती सम्झौता भएको दाबीसहित उनी चिकित्सा क्षेत्रसँग सम्बन्धित ८ बुँदे माग राख्दै गत बैशाख १३ गते आमरण अनसनमा बसेका हुन् ।