धनकुटा । २५६२ औं वुद्ध जयन्तीको अवसरमा सोमवार धनकुटा हिले वजार लगायत जिल्लाको भिन्न÷भिन्न स्थानमा विविध कार्यक्रमको साथ मनाइएको छ । उर्गेन नाम्डु छ्योलिङ्ग गुम्वा हिलेको आयोजनामा सम्पन्न २५६१२ औं वुद्ध जयन्तीको अवसरमा गुम्वाका प्रमुख लामा गुरु दोर्जे उक्याप लामाले मलमपाठ गरी (वाङ्ग) आशिर्वाद र अमृतमय वुद्धवचन भक्तजनहरुलाई प्रदान गरेका थिए । सो अवसरमा गुम्वामा १ हजार ८ शान्तिद्धिप प्रज्वलन गरिएको थियो भने सो अवसरमा हिले वजारमा वहुसाँस्कृतिक शान्ति ¥याली समेत निकालिएको थियो । सो अवसरमा प्रमुख लामागुरु दोर्जे उक्याप लामाको अगुवाईमा एक दर्जन भन्दा वढी लामा गुरुहरुले हिले वजारमा रहेको उर्गेन नाम्डु छ्योलिङ्ग गुम्वा, वौद्ध तेन्गे गुम्वा र थुप्तेन देछेन छयोलिङ्ग गुम्वामा मलम गरी, पुजापाठ गरि शान्तिद्धिप समेत प्रज्वलन गरेर शान्तिको कामना गरेका थिए । सो अवसरमा उर्गेन नाम्डु छयोलिङ्ग गुम्वामा आयोजित शान्ति प्रवचन कार्यकममा धनकुटा नगरपािलकाका प्रमुख चिन्तन तामाङ, वडा नं.१ वडाध्यक्ष निरेन तामाङ, नेपाल तामाङ्ग घेदुङ्गका पुर्व केन्द्रिय सल्लाहकार वीरवहादुर तितुङ्ग तामाङ्ग, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, घेदुङ्गका केन्द्रिय सदस्य लालचन्द्र गोङ्गवा तामाङ, हिले वजार व्यावस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ्ग तामाङ, घेदुङका जिल्ला सदस्य फुर्वा घिसिङ, ताम्वा संघका जिल्ला अध्यक्ष हरिलाल मोक्तान, नेपाल यातयात मजदुर संगठन धनकुटाका अध्यक्ष सिंह तितुङ तामाङ लगायतले गौतम वुद्धको शान्ति उपदेश जो कसैले पालना गर्न सके मुलुक सतमार्गमा लाग्ने र दिगो शान्तिसंगै देशको चौतर्फी विकास हुने विचार व्यक्त गरेका थिए । सो अवसरमा हिले वजारमा निकालिएको शान्ती ¥यालीमा तामाङ घेदुङ, ताम्वा संघ, किराँत राई यायोक्खा हिले इकाई, किराँत याक्थुङ्ग चुम्लुङ्ग हिले इकाई र किराँत कुलुङ्ग भाषा संस्कृति उत्थान संघ हिले इकाईको छुट्टाछुट्टै मौलिक साँस्कृतिक ¥यालीमा झाँकी प्रश्तुत् गरेका थिए । हिलेमा रहेका विभिन्न विद्यालयका विद्यार्थि एवं शिक्षकहरुको शान्ती ¥यालीमा उल्लेख्य सहभागिता रहेको थियो । दिप प्रज्वलन गर्नु पुर्व हिले वजारमा हजारौंको संख्यामा भेला भएका वौद्धमार्गीहरुले वौद्ध धर्म दर्शनका वेदका हजारौं ठेली काँध वोकेर भगवान वुद्धलाई (दुक) छाता ओडाएर लामागुरुहरुले मलम पाठ गर्दै वजारको विभिन्न भागको परिक्रमा गरिएको थियो । साथमा नेपालको झण्डा, विश्व वौद्ध संघको झण्डा सहित शान्तिको कामना गरिएको शन्देशमुलक प्लेकार्डहरु र शान्तिको कमना गर्दै शान्ति प्रिय नाराहरु समेत लाम्वद्ध भएर सहभागीहरु शान्ति ¥यालीमा सहभागी भएका थिए । त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं.९ को उत्तरपानी धर्मशालामा रहेको साङ्गे लुईच्यान थाम्जे छ्योलिङ्ग गुम्वा, सिधुवा वजारमा रहेको फुर्चिलिङ्ग गुम्वा, साँगुरीगढी गाउँपालिका वडा नं.१ दानावारी तामाङ टोल र साल्वोटेमा रहेको ह्यारगेन छिरिङ्ग छोप्पा गुम्वा, पाख्रीवास नगरपालिका वडा नं.५ घोर्लिखर्कमा रहेको वौद्धमाने डिकुरे डाँडा र पाख्रीवास वजारमा रहेको तमु वौद्ध गुम्वामा मा पनि १ सय ८ शान्तिद्धिप प्रज्वलन गरि वौद्धमार्गीहरुले भगवान वुद्धको जन्म दिनको अवसर पारेर शान्तिको कामना गरेका छन् ।