[caption id="attachment_81488" align="aligncenter" width="809"] काठमाडाैमा भएकाे कार्यक्रममा यातायात मजदुर नेताहरू ।[/caption]

पानवारी । अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मे १ तारिखका दिन संसार भर भव्य रुपमा मनाइने मजदुर दिवस यसपाली गुमनाम भएको छ ।

मजदुरहरुको छाता संगठनको रुपमा रहेको जिफन्टले काठमाडौमा पदाधिकारीहरुको पदस्थापन कार्यक्रम गरेर मजदुर दिवसलाई त्यसैमा सिमित राखेको छ । १ सय २९ वर्ष अघि अमेरिकामा मजदुरहरुको पक्षमा अदालतले फैसला गरी ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका गर्ने अधिकार स्थापित भएको खुसीयालीमा संसारभरी मे १ तारिखका दिन मजदुर दिवस मनाइने गरिन्छ । विगतका वर्षहरुमा मजदुर संगठनहरुले ठूला र भव्य कार्यक्रम आयोजना गरी मजदुर दिवस मनाउने गरेको भएपनि यसपाली भने त्यस्तो कार्यक्रम कहिपनि आयोजना भएन । विगतमा ¥याली निकाली सहर परिक्रमा गर्ने, मजदुरका हक अधिकारका विषयमा अन्तरक्रिया गर्ने, एक आपसमा शुभकामना आदानप्रदान गर्ने र मजदुरहरुले खेपीरहेको दुःखका विरुद्ध राज्यलाई ध्यानकर्षण गराउन विभिन्न सभा सम्मेलन आयोजना गरी भाषणका कार्यक्रमहरु हुने गरेको थियो ।

यो वर्ष भने कहिकहि छिटफुट रुपमा केही कार्यक्रमरु भएपनि आधिकारीक रुपमा मजदुरहरुले कार्यक्रम गरेनन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी अञ्चल अध्यक्ष गौरी लामाले यसवर्ष मजदुर दिवसमा कुनै पनि कार्यक्रम आयोजना नभएको बताए । उनले भने –‘केन्द्रमा जिफन्टले पदस्थापन गरेर मजदुर दिवस मनाएपनि हामीलाई कुनै कार्यक्रम गर्न भनिएन र हामीले पनि यहाँ कुनै कार्यक्रम आयोजना गरेनौ ।’

मजदुर दिवसको अवसरमा क्युपेक नेपाल जिल्ला कमिटि सुनसरीले धरानमा भूकम्प प्रतिरोधी तालिमको आयोजना गरेको भनिएपनि संयोगवस कार्यक्रम परेको कार्यक्रममा सहभागी एक मजदुरले बताए । उनका अनुसार हामीलाई मजदुर दिवसको अवसरमा कार्यक्रम गरेको भनिएन तर संयोगबस कार्यक्रम परेछ । हामीले मजदुर दिवसको दिन परेको हुनाले एक आपसमा शुभकामना आदान प्रदान गरी मजदुर दिवस मनायौ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष मोतिराज सुनुवारले भने –‘मजदुरहरुले आफ्नो अधिकार प्राप्ती गरेको दिनको सम्झनामा मे १ तारिकलाई संसार भरीका मजदुरले भव्य रुपमा मनाउदै आइरहेका छन् । ति महान् योद्धा प्रति सम्झना गर्दै मनाइने मजदुर दिवस विगतका दिनहरुमा भव्य रुपमा मनाउदै आएका थियौ ।’ हामी पहिला पहिला मजदुर दिवसको कार्यक्रम गर्न एक महिनादेखि तयारी गथ्र्याै । राजनेताहरुलाई कार्यक्रममा निमन्त्रणा गरेर मजदुरका पक्षमा विभिन्न निर्णय गराउनका लागी प्रतिबद्धता जनाउन लगाउने वातावरण तयार गथ्र्याै तर यो वर्ष मजदुर नेताहरुले र मजदुरहरुले नै आफ्नो हकहितका निम्ति आवाज उठाउने थलोको रुपमा रहेको मजदुर दिवस बिर्सिए ।’

जिफन्ट सुनसरीका अध्यक्ष हरी राईले यसवर्ष कुनै कार्यक्रम आयोजना नगरेको बताए । उनले भने क्युपेकले गरेको कार्यक्रममा सहभागी भइयो बाँकी कही पनि कार्यक्रम आयोजना भएन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराईले पनि क्युपेक नेपालले आयोजना गरेको कार्यक्रममा नै मजदुर दिवस मनाएको बताए । उनले भने हामीले यसवर्ष ठूलो कार्यक्रम नगरे पनि मजदुर दिवस भने मनायौ ।

त्यस्तै विपि प्रतिष्ठान धरानमा कार्यरत सफाइ मजदुरहरुले पनि एक कार्यक्रम आयोजना गरी मजदुर दिवस मनाएका थिए ।