काठमाडौं/लामो समयपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्व युवराज पारशसहित पूर्व राजपरिवारका सदस्यहरु सँगै एकै ठाउँमा भेट भएका छन्। हालै खुलेको डिल्लीबजारस्थित ‘द एड्रेस लाउन्ज’ नामक रेष्टुरेन्टमा पूर्व राजपरिवारका सदस्यहरुको भेट भएको हो।
तर, पारश उपस्थित भएको पूर्व राजपरिवारको पारिवारिक जमघटमा पारशपत्नी हिमानी चाहिँ देखिइनन्। यसैगरी पारशकी कान्छी छोरी कीर्तिका, पूर्वराजाका बहिनी शोभा शाही र ज्वाइँ मोहनबहादुर शाही, छोरीहरु पनि सो जमघटमा उपस्थित थिए। स्रोतका अनुसार, शुक्रबार (१४ बैशाख) साँझ ८ बजेतिर त्यहाँ पुगेका उनीहरुले त्यहाँ करिव ३ घण्टा बिताए।
डिनरका लागि पूर्वराजा ज्ञानेन्द्र, उनकी पत्नी कोमल, पूर्व युवराज पारश शाह र उनका छोरा ह्दयेन्द्र सो रेष्टुरेन्ट पुगेका थिए। भर्खर खुलेको सो रेष्टुरेन्टमा डिनरका लागि पूर्व राजपरिवारले अघिल्लै हप्ता बुकिङ गरेको थियो।
सो जमघटमा पारशकी जेठी छोरी पूर्णिका पनि थिइनन्। हिमानी छोरी पूर्णिकासँगै ब्याङ्ककमा रहेको पारिवारिक स्रोतले बतायो।