काँकरभिट्टा । भारतबाट नेपाल तर्फ अबैध रूपमा सामान ल्याउने क्रमलाई पूर्वी नाकामा प्रहरीले बिशेष निगरानी बढाउदै आएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पछिल्लो समय अबैध तस्करी नियन्त्रणमा हाल सम्मकै उचित कदम चालेको भन्दा फरक नपर्ला । चोरी तस्करी नियन्त्रण बढाए पनि भारतबाट नेपाल आएका सामान चेकजाच गर्ने अर्को निकाय भन्सारका कमजोरीका कारण ब्यापारीले मौका पाईरहेका छन । कहिले भित्रै लाईन मिलाएर कागज बनाउने त कहिले गेटमा सेटिङ्ग गरी ब्यापारीको सामान कटाईदिने गरेका कारण तस्करहरूलाई प्रोत्सहान भएको छ । तर अर्को निकाय सशस्त्र प्रहरीलाई बिशेष समय बाहेक अन्य समय चेक जाच गर्न बन्द गरिएको छ । भने अर्को निकाय नेपाल प्रहरीले यस मा चासो देखाएको छ । यस्तै भएको छ ।
बिहिबारको एक बिषय भारतबाट नेपाल तर्फ भित्राइएको किराना सामान बसपार्क क्षेत्रबाट गाडीमा लोड गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । २ वटा गाडीबाट नियन्त्रणमा लिएका ति सामानहरू चेक जाच गर्दा करिव ६० हजार मूल्य बराबरका्े अबैध रहेको भेटिएको छ । अवैध सामान भन्सार बुझाइएको छ । भने मेची पुलबाट निर्यात गर्दै गरेको स्याउ र मकै करि ९० हजार मूल्य बराबरको बरामत गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी टंकप्रसाद भट्टराईले जानकारी दिए । यसरी आयात तथा निर्यात गर्ने क्रममा भन्सार कर्मचारीको फितलो निगरानीका कारण तस्करहरूले थप मौका पाईरहेका छन ।