इटहरी/गृहमन्त्री रामबहादुर थापाले यातायात व्यबसायको सिण्डिकेट जालो तोड्न डगमगाएका छैनन् । बरु अझ आक्रमक रुपमा अगाडि बढिरहेको देख्दा जनता खुसी मात्र भएका छैनन्, उनको यो अभियानमा साथ दिन सामाजिक सञ्जालमा सलाम गरीरहेका छन् ।
गैर कानूनी ढंगले यातायात व्यवसायीले सञ्चालन गरेको सिण्डिकेटको अन्त्य गर्न चालेको उनको कदम सलाम गर्ने योग्य पनि छ । सिण्डिकेट विरुद्धको आन्दोलन यस अघिका सरकारका बेला भए पनि तर व्यबसायीहरुले सरकारलाई घुडा टेकाए । त्यही सोचेर अहिले पनि संघ-संस्थाहरु सरकारलाई घुडा टेकाउँने दाउमा छ । त्यसकारण गृहमन्त्रीले कडा रुपमा कदमलाई अगाडी बढाउँन आवश्यक छ । ‘सिण्डिकेट गैर कानूनी छ । सर्वोच्च अदालतले नै खारेज गरिसकेको अवस्थामा व्यबसायीले गैर कानूनी ढंगमा सिण्डिकेट लादेका छन् ।
अब त्यसको अन्त्य हुन्छ भनेका छन् । सिण्डिकेटको पक्षमा आन्दोलन गर्दै यातायात व्यवसायीले सार्वजनिक सवारी ठप्प पारेपछि गन्तव्यमा हिँडेका यात्रुहरु मर्कामा परेका बेला पनि उनले चालेको कदम स्वागत योग्य छ । सिण्डिेकटको अन्त्यसँगै स्वच्छ प्रतिस्पर्धात्मक यातायात हुने । व्यबसायी र नागरिक दुबैलाई फाइदा पुग्ने अभियानलाई अगाडी बढाई रहन आवश्यक छ । यातायात रोक लगाउँने व्यबसायीलाई धमाधम पक्राउ गरी उनीहरुको सवारीको रुड परर्मिड समेत खारेज गदै अगाडी बढ्न सरकारले सक्नु पर्छ ।