काठमाडाै । आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा. उपेन्द्र देवकोटाको मर्मस्पर्शी अनुभूतिलाई नागरिकले आज पहिलो पृष्ठमा स्थान दिएर छापेको छ । पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र परेको, बैठकस्थलबाटै व्यवसायी पक्राउ परेकोलगायतका समाचार पनि नागरिकको पहिलो पृष्ठमा अटाएका छन् ।

[caption id="attachment_57133" align="aligncenter" width="759"] Hangzhou: Prime Minister Narendra Modi at the opening session of G20 Summit in Hangzhou, China on Sunday. PTI Photo by Vijay Verma (PTI9_4_2016_000103B)[/caption]

नागरिककै भित्री पृष्ठमा जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत तयारीबारेको समाचार छ । समाचार अनुसार, मोदीलाई नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा नागरिक अभिनन्दन गरिनेछ । त्यसका लागि जनकपुरस्थित बाह्रबिघा मैदानमा एक करोड २६ लाख रुपैयाँ खर्च गरेर विशेष मञ्च निर्माण गरिँदैछ । मञ्च अगाडिको पन्डाल बनाउन बिहारको टेन्ट हाउसले ७८ लाख मागेको समाचारमा उल्लेख छ ।