बेलबारी । युवाहरुलाई स्वबलम्बी बनाउन बेलबारी नगरपालिकाले विभिन्न वडाहरुमा विभिन्न तालिमहरु संचालन गर्न थालेको छ । बेलबारी नगरपालिकाको वडा नम्बर ३ मा आईतवार देखि एक महिने ड्राईभिङ तालिमको उद्घाटन शुरु भएको छ । तालिममा १८ जना युवाहरु सहभागी भएका छन् । तालिमको उद्घाटन वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुबेदीले उद्घाटन गरेका थिए । बेलबारी नगरपालीकाले आगामी ५ बर्ष भित्रमा बेरोजगारको अन्त्य गर्ने लक्ष्य लिएको छ । बिभिन्न सिपमुलक तालिम तथा व्यासायिक क्षेत्रमा लगानी गरेर भए पनि नगरपालिकाले बेरोजगारको अन्त्य गर्ने लक्ष्य रहेको प्रवक्ता सुवेदीको भनाई छ । बेमौसमी तरकारी खेती, माछापालन, बंगुर पालन, फर्नीचर पेन्टीङ तालिम, ड्राइभिङ लगायतका तालिम नगरपालीकाले दिईसकेको बेलबारी नगरपालिकाका प्रवक्त योगेन्द्र प्रसाद सुबेदीले बताए । नेपालमा काम छैन भन्दै युवा बिदेश तिर पलायन हुने गरीरहेका बेला नगरपालीकाले नगरमै युवालाई रोजगारीकालागी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएपछि युवाहरु पनि आशावादी हुन थालेका छन् । नगरपालिकाले बिदेशमा जाने युवाहरुका लागी पनि सिपमुलक तालिम दिने योजना रहेको प्रबक्ता सुबेदीले बताए ।