यासोक । पाँचथरको कुम्मायक गाँउपालीकामा निर्माणधिन यासोक क्याम्पसमा पुस्ताकलयको ब्याबस्थापनको लागि भन्दै युके निबासी फेवादिन परिवार युकेले आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमका बीच संकलित रकम फेवादिन चुम्लुङका संरक्षक निबर्तमान अध्यक्ष पदम फेवादिनले क्याम्पस संञ्चालक समितिका अध्यक्ष तथा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङलाई ८३ हजार २ सय ७५ रुपयाँ रकम हस्तातरण गरेका छन । कुम्मायक गाउँपालिकामा घर भई हाल युकेमा बसोबास गर्दै आएका फेवादिन चुम्लुङ परिवारबाट संकलित रकम क्यापम्पसलाई प्रदान गरिएको पदम फेवादिनले बताए । कुम्मायक गाउँपालिकाको शैक्षिक क्षेत्रमा सुधार ल्याउने उदेश्य अनुरुप आर्थिक सहयोग गरिएको भन्दै यो सहयोगलाई सदुपयोग गरि प्रयोग गर्न फेवादिनले आग्रह समेत गरे । सहयोग रकम बुझदै कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले शिक्षा, स्वास्थ्थ, कृषि र पर्यटन प्रर्बद्धनका लागि स्वदेश र बिदेशमा बसेर पनि गाउँपालिकाको समृद्धिको लागि गरिएको योग्दानलाई भुल्न नहुने भन्दै चेम्जोङले निरन्तर सहयोगको अपेक्षा सहित धन्यवाद समेत ब्याक्त गरेका थिए । गाउँपालिकाको यासोक बजारमा क्याम्पस भवन निर्माण कार्य पुरा हुनै लाग्दा यो आर्थिक सहयोग भएको हो । बिभिन्न देशमा अस्थाई र स्थाई रुपमा बसोबास गर्दै आएका पापोहाङ लावती सयङ, फेवादिन चुम्लुङ र सम्बाहाम्फे उत्थान संघहरुले कुम्मायकको समृद्धिको लागि सहयोग गर्दै आएका छन । केही दिन अघि मात्रै सम्पन्न भएको त्रिशाली पुजाको लागि भन्दै पापोहाङ लावती सयङ र सम्बाहाम्फे उत्थान संघ लगायतका संघ सस्थाहरुबाट संकलित कुल ६१ हजार ७ सय ७० रुपयाँ रकम सहयोग गरेका थिए ।