यासाेक । पाँचथरको कुम्मायक गाउँपालिका वडा न. २ का स्थानिय बिपन्न दुई परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । आज एक कार्यक्रमा वडा न. २ माङ्जाबुङ निवासी मान बहादुर गजमेर सोही वडाकै सुशिल बिश्वकर्मालाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
लामो समय देखि सुगर र पेशरबाट पिडित बोल्न र हातखुटा समेत चल्न नसक्ने भएका गजमेरलाई रु। २८ हजार दुई सय बाह्र रुपैया उपचारका लागि आर्थिक सहयोग बितरण गरिएको छ । उपचारका क्रममा गजमेरले ४ लाख भन्दा बढि खर्च गरे पनि अझै उपचार हुन नसकेको उनका बुबा बिर्खबाहादुर गजमेरले बताए । केहि आर्थिक श्रोत जुटाए उपचार हुने डाक्धटरले सल्लाह दिए पनि अझै सम्म आर्थिक अभावका कारण छोरा ओछ्यानमा सुतिरहेको छ । उनका बुबा गजमेरले दुखेसो पोखे । परिवारले सहयोगको लागि आग्रह गरेपछि स्वेदश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको ५३ हजार दुइ सय बाह्र रुपयाँ रकम प्रदान गरिएको, आर्थिक संकलन समितिका संयोजक खगेन्द्र धमलाले बताए । संकलित रकम कुल ५३ हजार दुई सय बाह्र रुपैया मध्ये गजमेरलाई २८ हजार दुई सय बाह्र रुपैया प्रदान गरिएको र बाँकी २५ हजार रुपैया सोही गाउँपालिका वडा नं। २ का शुसील विश्वकर्मालाई प्रदान गरिएको छ । विश्वकर्मा रुख काट्ने क्रममा मुडाले किचेर घाईते भएका थिए । प्लाष्टिक सर्जरी गर्न आर्थिक अभाव भएपछि उनलाई उक्त रकम माङ्जाबुङ युवा क्लब मार्फत सहयोग प्रदान गरिएको संयोजक धमलाले जनाए ।