इटहरी । खुला दिशा मुक्त अभियान कार्यक्रम सुनसरीमा फेल भएको छ । सन २०१५ मा सुनसरीलाई खुल्ला दिशामक्त बनाउँने अभियान २०१८ मा पनि सम्पन्न हुन सकेको छैन । समयमै अभियान नसकिदा सुनसरीमा खुल्ला दिशामुक्त अभियान फेल हुन पुगेको हो । खुला दिशा मुक्त अभियान कार्यक्रम हत्तार हत्तारमा सक्ने होडवाजी र कार्यक्रमको नाममा आएको बजेट कुम्ल्याउने गैरसरकारी संस्थाहरूको सोच कारण ठोस पूर्वाधार नै निर्माण नगरी शौचालय निर्माण लगायतका काम गरेकोले खुला दिशा मुक्त क्षेत्र गाउँका सर्वसाधारणको घरमा रहेका शौचालय समेत प्रयोग बिहीन बन्न थालेको पाईन्छ । अहिले सरसफाई कार्यक्रम युएन ह्याविटेटको सहयोगमा नारी विकासले गदै आएको छ । नेपाल सरकारले २०१७ सम्ममा नेपाललाई खुल्ला दिसा मुक्त देशको रूपमा घोषणा गर्ने लक्ष्य अनुसार काम गर्ने भनेर सुनसरी समेत यो अभियान संचालनमा ल्याएका थिए । तर सुनसरीले भने अभियान २०१५ मै पुरा गर्ने लक्ष्य राखे पनि अहिले सम्म अभियान नसकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय सुनसरीका प्रमुख देवनाथ सिंहले वताए । खुल्ला दिशामुक्त अभियान सफल बनाउँन समस्या भईरहेको उनको तर्क छ । सुनसरीको साविक पाँचकन्या गाविसबाट २०६५ पौस २७ गते तत्कालीन सभामुख सुवास नेङ्वाङले सुनसरीमा यो अभियान सुरु गरेको १० वर्ष वित्दा पनि अहिले सम्म सुनसरीको साविक गाविसहरू डुम्राह,छिटाह,नरसिंह र महेन्द्रनगरका केहि भागमा खुल्ला दिशामुक्त अझै नभएको खुल्ला दिशामुक्त अभियानमा काम गदै आएका युएन ह्याविट्याडका शेखर कार्कीले वताए । उनले अहिले सम्म सुनसरीमा ९९,९ प्रतिशत काम भएको र केहि दिन भित्र घोषणा हुने दावी गरे । खानेपानी तथा सरसफाई डिभिजन कार्यलयले अहिले सम्म कति खर्च भयो भन्ने तथ्याक समेत राखेको छैन । एक कर्मचारीले भने मनोमानी ढंगबाट एनजिओहरूले काम गरीरहेको छन खर्च कति भयो भन्ने थाहा नै छैन उनले नाम नवताउँने सर्तमा भने । सुनसरी सँगै झापा र मोरगंमा पनि खुल्ला दिशामुक्त अभियान प्रभावकारी नभएको खानेपानी तथा सरसफाई डिभिजन मन्त्रालयको निश्कर्ष छ । प्रदेश नम्वर एकका ९ लाख ९३ हजार ३७ घरघुरी मध्ये ९ लाख ४५ हजार ६ सय ८१ घरधुरीमा चर्पी बने पनि ४९ हजार ५० घरधुरीमा चर्पी बन्नु बाकी रहेको अभियानका अगुवा देबेन्द्रकुमार झाले वताए ।

अभियान तिब्र बनाउँन उपमहानिर्देशकको निर्देशन खुल्ला दिशामुक्त अभियान ढिला सुस्ती भएको भन्दै अभियानमा खेलाची गर्ने खानेपानी तथा ढल निकाश विभाग काठमाण्डौ उपमहानिर्देशक मनोज घिमिरेले निर्देशन दिएका छन । खुल्ला दिशामुक्त अभियान सुनसरी लगायतका सुगम जिल्लामा नै समयमा नभएको भन्दै तिब्र गतिमा अभियान सञ्चालन गर्ने उनले निर्देशन दिएका हुन । खानेपानी तथा सरसफाई डिभिजन कार्यलय सुनसरीले आयोजना गरेको खुल्ला दिशामुक्त अभियान लेखाजोखा कार्यक्रममा प्रमुख अतिथिको भुमिकामा बोल्दै घिमिरेले जनस्वास्थ्य सँग खेलवाड हुने दिशामुक्त अभियान कार्यक्रमलाई प्रभावकारी बनाउँदै तिब्र गतिमा कार्यक्रम अगाडी बढाउँन निर्देशन दिएका हुन । सरसफाईका कारण दिनानुदिन मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै यस्ता जनस्वास्थ्य सँग जोडिएको कार्यक्रममा ढिला सुस्ती नगरी कार्यक्रम गर्ने सम्वन्धी कार्यलयहरू र सरोकार निकायलाई निर्देशन दिएका हुन । एक नम्बर प्रदेशका केहि जिल्लाहरूमा अझै पनि खुल्ला दिशामुक्त अभियान नहुनु दुःखद भएको भन्दै यस्ता कार्यक्रमहरूलाई प्रभावकारी ढंगबाट अगाडी बढाउँन उनको निर्देशन रहेको थियो । लामो समय देखि चल्दै आएको अभियान सुनसरीमा सुस्त भएको भन्दै अभियानलाई तिब्र गतिमा अगाडी बढाउँन उनको निर्देशन थियो । लगातै सरफाई जिल्लाका उपसभापतिले जेष्ठ १० गते भित्र सुनसरी खुल्ला दिशामुक्त प्रतिबद्धता जनाएका छन ।