विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीमा रहेको विराट मेडिकल एण्ड टिचिङ हस्पिटलले दलित सामुदायलाई उपचारमा छुट दिने भएको छ । बूढीगंगा गाउँपालिकामा रहेको दलित सामुदायहरूलाई विभिन्न प्रकारको उपचारमा छुट दिने घोषणा गरेको हो । समाज विकास केन्द्र नेपालको सहकार्यमा उक्त हस्पिटसँग सहकार्य भएको थियो । समाजकोतर्फबाट कपिल सुनवार र हस्पिटलको तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान कार्कीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । हस्पिटलले विभिन्न प्रकारको उपचारमा सहुलियत दिने विराटनगरमा आइतबार एक कार्यक्रमको बिच जानकारी गराए । दुवै पक्षा बिच भएको सम्झौतामा ओपिडि र वेड फि निःशुल्क रहेको छ । त्यस्तै ल्याव तथा अन्य डाइग्नोष्टिकमा १७.५ प्रतिशत, अलट्रासाउण्ड र सीटी स्याकनमा २८.५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, चिरेर गरिने शल्यक्रियामा २८.५ प्रतिशत छुट दिने हस्पिटलका अध्यक्ष कार्कीले जानकारी दिए । उपचारमा सहुलियत कार्डको सभ्झोता गरेको पत्र संघीय मामिझा तथा सामान्य प्रशान मन्त्री लालबावु पण्डित, हस्पिटलका अध्यक्ष कार्की, समाजको अध्क्ष सुनवार, समाजसेवी गोपाल कटुवाले संयुक्तहरू सार्वजानिक गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्रीले स्वस्थ्यको पहुचभन्दा टाडा रहेका दलित सामुदायहरूको उपचारमा यस्तो कार्यक्रम आवश्यक रहेको बताए ।