धनकुटा/जिल्लाको छथर जोरपाटी गाँउपालिका–६ नाम्जाङमा रहेको निगाले सिमेन्ट उधोग प्रशासनले सिमेण्ट उधोगबाट ढुवानी गर्ने क्रममा नियमित चेक जाँच गर्दा सिमेण्ट ठगी गरेको पाइए पछि ७ जना सिमेण्ट उद्माेगमा कार्यरत मजदुर पक्राउ परेका छन् ।
[caption id="attachment_82793" align="aligncenter" width="3264"] निगाले सिमेण्ट उधोग।[/caption]सिमेण्ट उद्याेगमा अन्यत्र सिमेण्ट ढुवानी गर्ने क्रममा उद्याेगमा उत्पादिक सिमेण्ट फुलबढी ट्रकमा लोड गर्ने क्रममा चेकजाँच गर्दा लोड गरिएको ट्रमा पुनः चेक गर्दा यस्तो भेटिएको हो । ट्रकमा सिमेण्ट लोड गर्ने मजदुरहरु र ट्रकका चालकहरु बिचको मिलेमतोमा गएको १४ महिनायता यस्तो ठगी भैरहेको रहश्य खुलेको उद्याेग संचालक दिनेश पौडेलले ब्लाष्टलाई बताएका छन् ।
उद्याेगबाट सिमेण्ट ठगी गरेको अभियोगमा उद्याेगमा कार्यरत काँटा चेक गर्ने इलाम जिल्ला रोङ्ग गाउँपालिका वडा नं. २ घर भएका अन्दाजी वर्ष २५ का यादव अधिकारी, लोडिङ्गमा कामगर्ने मजदुरहरु झापा हल्दीवारी–३ घर भएकाअन्दाजी वर्ष २४ का प्रेमबहादुर मगर, सोही वडाका अन्दाजी वर्ष २३ का मुकेश मेचे, वर्ष २२ का राजु मेचे र सरणामती गाउँपालिका वडा नं.७ झापाका अन्दाजी वर्ष २४ का अर्जुन कट्वाललाई पक्राउ गरिएको छ । उद्याेग प्रशासनले सिमेण्ट लोड गर्दा सयौं बोरा सिमेण्ट ठगी गरेको पाइए पछि प्रहरीमानिवेदनदिएर पक्राउगरिएको संचालकदिनेश पौडेलले वताएका छन् । पक्राउ परेका मध्ये २ जनालाई भने सामान्य सोधपुछ पछि छाडिएको पौडेलले बताएका छन् ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुशनधानको लागी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखिएको छ । सो घट्नाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रबहादुर गुरुङ्गले बताएका छन् । सिमेण्ट ठगीको घटनामा संलग्न सिमेण्ट ढुवानीगर्ने फुलबढी ट्रकका ६ जना चालक भने फरार रहेका छन् । उद्याेग प्रशासनले सिमेण्ट ठगी गरेको थाहा पाए पछि फरार हुने चालकहरुमा बिरेन्द्र चौधरी,अबिरलाल चौधरी, देव चौधरी, राजेन्द्र कुँवर, धुवीलाल चौधरी र केदार पौडेल रहेका छन् । भित्रभित्रै महिनौ देखी ठगी गर्न मिलेमतो भएको घट्ना बाहिर आएलगत्तै ६ जना ट्रकका चालक एक्कासी फरार भएको उद्याेग संचालक पौडेलले बताएका छन् ।
प्रहरीले अनुसन्धानको क्रममा फुलबढी ट्रकले सामान्यतया २ सय वोरा देखी २ सय ५० वोरासम्मसिमेण्ट वोक्ने गरेकोमा हरेक ट्रकमा १० देखी १५ वोरा वढी सिमेण्ट मिलेमतोमालग्ने गरेको खुलेको छ । सिमेण्ट लोड गर्ने क्रममा बढी लोड गरे वापतसिमेण्ट लोड गर्ने मजदुरले प्रतिबोरा २ सय ५० रुपैयाँ पाउने गरेको पनि अनुसन्धानको क्रममा खुलेको छ । उनीहरुले विगत १४ महिनायता हरेक दिनलोड हुने ट्रकहरुमा १० देखी १५ बोरा सिमेण्ट बढी लोड गरेर मजदुर, चालक र स्टोरकिपरको मिलेमतोमा लाखौं रुपैयाँ ठगी गरिरहेको आशंका अनुशन्धानको क्रममा खुलेको छ । स्टोरकिपर यादव मैनाली र अनुज मल्ल भन्ने पक्राउ परेका छैन्न ।