विजयपुर । एसियाली विकास बैकको सहयोगमा सञ्चालित एकिकृत शहरी विकास आयोजना (आईयुडिपी)ले धरान १६ मा रहेको सुम्निमा सब सिस्टम र धरान १४ मा रहेको पिण्डेश्वर सब सिस्टम (रिर्जभ टंकी)मा खानेपानी पुर्याएको छ । आईयुडिपीका प्रमुख राजु पोख्रेलका अनुसारमङगलबारबाट सुम्निमा सव सिस्टम र पिण्डेश्वर सब सिस्टममा पानी पुर्याइएको हो । पिण्डेश्वर सिस्टमबाट खानेपानी वितरण गर्न केहि दिन लाग्ने भएपनि सुम्निमा सिस्टमबाट भने तत्काल खानेपानी वितरण गर्ने अबस्था रहेको उनले बताए । पिण्डेश्वरको ९ लाख लिटर क्षमताको टंकिलाई सफाई गर्न केहि दिन लाग्ने उनले बताए ।
‘उपमहानगरपालिका पानी दिन तयार हुदाहुदै संस्थानले सामान्य प्रकृया पुरा गर्न प्रयास नगर्नु भनेको धराने जनतालाई खानेपानी नदिने नियत संस्थानको हो।’ |
नेपाल खानेपानी संस्थानको हाताभित्र रहेको सुम्निमा सब सिस्टमको ३० लाख लिटरको सिस्टममा भने खानेपानी संस्थानले अनुरोध गरे तत्काल पानी उपलब्ध गराउन सकिने भएको छ । ‘धरानमा खानेपानीको अभाब भईरहेको छ हामी आयुडिपीले ल्याएको पानी संस्थानको टंकीमा हालेर पानी बितरण गर्ने प्रयासमा छौ’ धरान उपमहानगरपालिकाका मेयर तथा धरान खानेपानी बोर्डका अध्यक्ष तारा सुब्बाले भने ‘संस्थानले आग्रह गरे हामी तत्काल पानी उपलब्ध गराउछौ । खानेपानी संस्थानको स्वामित्व धरान खानेपानी बोर्डमा आई नसकेकाले संस्थानको टंकीमा सिधै पानी हाल्न नमिन्ले भएकाले संस्थानले बोर्डमा पहल गर्नु पर्ने आयोजना प्रमुख राजु पोख्रेलले बताए । उनका अनुसार अहिले आयुडिपीले दैनिक ६० लाख लिटर पानी उपलब्ध गराउन सक्ने अबस्था छ । अब संस्थानले पहल गरे धरानको बिद्यमान खानेपानीको समस्यामा राहत मिल्ने छ । अहिले खानेपानी संस्थानले उपभोक्तालाई प्रयाप्त पानी उपलब्ध गराउन सकेको छैन । सुम्निमा र पिण्डेश्वर सब सिस्टममा सेउतीको जंगलबाट उत्पादन गरिएको पानी पुर्याइएको हो । खानेपानी आयोजनाको अनुगमन गर्न बनेको सर्बदलिय,सर्बपक्षिय अनुगमन समितीका संयोजक सुजेन्द्र तामाङले धरान खानेपानी संस्थानले आईयुडिपीको पानी टंकीमा हालेर जनतालाई बाढ्ने ब्यबस्था मिलाउनु पर्ने बताएका छन् । संस्थानले उपमहानगरपालिकालाई लिखित अनुरोध गरेरै भएपनी जनतालाई पानी खुवाउनु पर्छ तामाङले भने ‘अहिले पानी खुवाउने दाइत्व संस्थानको हो । नेपाल खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठले भने आफुहरुको अनुरोध बिनै पानी दिए वितरण गर्ने बताएका छन् । अनुगमन समिती तथा आयोजनाको प्रतिनिधिसँग भएको कुराकानीमा उनले उपमहानगरपालिकालाई लिखित अनुरोध नगर्ने आसयको कुरा गरेका छन् । उपमहानगरपालिका पानी दिन तयार हुदाहुदै संस्थानले सामान्य प्रकृया पुरा गर्न प्रयास नगर्नु भनेको धराने जनतालाई खानेपानी नदिने नियत संस्थानको हो खानेपानी तथा वातावरण सम्बन्धि काम गर्दै आएका आनन्द श्रेष्ठ भन्छन्‘ उपमहानगरपालिका पानी दिन्छु भन्छ भने संस्थानले पुर्याउनु पर्ने प्रकृया पु¥याएर पानी वितरण गर्नु पर्छ ।
संस्थान पानी उपलब्ध गराउन पनि नसक्ने ,दिन्छु भन्दा लिन पनि निहु खोज्ने ब्यबाहार गरिरहेको उनको भनाई छ । यस बिषयमा थप कुराकानी गर्न संस्थानका धरान शाखा प्रमुख रामकुमार श्रेष्ठलाई ब्लाष्टले सम्पर्क गर्दा उनको माेबाइल उठेन ।