पानवारी । संघिय विद्यार्थी युनियनको तेस्रो राष्ट्रिय महाधिवेशन २१ बुदे विजयपुर घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ ।

गत जेठ १४ र १५ गते धरानमा सम्पन्न भएको संघिय विद्यार्थी युनियनको तेस्रो राष्ट्रिय महाधिवेशनले नेपालको शैक्षिक प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने, स्वतन्त्र बहुभाषिक विश्वविद्यालयहरु स्थापना गर्नुपर्ने, समान शिक्षा पद्धति अपनाउनुपर्ने साथै देशभरी लिम्बूवान, किरात, खम्बुवान, तामाङशालिन, नेवा लगायत प्रान्तहरुमा विद्यार्थीको संगठन निर्माण गर्ने, अहिले कायम गरिएको सात प्रान्तलाई ११ प्रान्त बनाउनुपने लगायतका विषयहरुलाई समेटेर २१ बुदे विजयपुर घोषणा पत्र सार्वजनिक गरेको छ ।

बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै संघिय विद्यार्थी युनियनले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै युनियनका अध्यक्ष सेसेहाङ चोङवाङले प्रत्येक प्रदेश तथा स्थानिय निकायमा भाषिक बाहुल्यताको आधारमा कामकाजी भाषा बनाउन जोड दिएका थिए । उनले त्रिविले पहिले नै सहमती गरेको बुदाहरु तत्काल कार्यान्वयन गर्न पनि जोड दिएका थिए । उनले अब हुने स्ववियु निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाइने सहमती पहिल्यै त्रिविसँग गरेकोले तत्कालै त्यसको व्यवस्था गर्न माग गरेका छन् । त्यस्तै संघीय लोकतान्त्रीयक राष्ट्रिय मञ्चका केन्द्रीय उपाध्यक्ष विश्वेन्द्र चेम्जोङले कुनैपनि विकास निर्माणको बाहानामा ऐतिहासिक क्षेत्रहरुको विनास गर्न कसैलाई छुट नरहेको बताए ।

संघीय कार्य समितिमा चोङवाङ

धरानमा सम्पन्न भएको तेस्रो राष्ट्रिय महाधिवेशनले सेसेहाङ चोङवाङको अध्यक्षतामा २२ सदस्यीय संघीय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षत्रयमा शर्मिला फत्र, राजेश इङवाहाङ र रुपक खड्का चयन भएका छन् भने महासचिवमा सुवास खुदाङ चयन भएका छन् । समितिको उपमहासचिवमा मोहन माबो, आसुतोष नारायण शाह र विरेन्द्र रोक्काय चयन भएका छन् । त्यस्तै सदस्हरुमा गुल्सन आङबुहाङ, बिनम वनेम, दिलकुमार नेम्बाङ, कविन्द्र खाती, देवराज छवाल लगायत चयन भएका छन् ।

लिम्बुवान प्रान्तिय कार्य समितिमा माबो

संघिय विद्यार्थी युनियन लिम्बुवान प्रान्तिय कार्य समितिको अध्यक्षमा मोहन माबो चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा जीवन थलङ, उमा चोङवाङ र सन्देश योङहाङ सचिवमा शेरसिङ वजी र सचिवालय सदस्यमा हेमराज लिम्बू, मेरीना तबबुङ, डम्बर इवाहाङ र मदनकुमार इधिङ्गो चयन भएका छन् । सदस्यहरुमा सन्तोषी लिङ्देन, सुस्मा लिम्बू, ताजमुल हुसेन सहित २१ सदस्यीय लिम्बुवान प्रान्तिय समिति गठन भएको छ ।