पानवारी । बुद्ध एयरले आज (शुक्रबार) बाट विराटनगर–काठमाडौको दैनिक उडान थप गरेको छ ।

विशेष गरी विहान १० बजेदेखि साझ ५ बजेसम्म काठमाडौ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडानहरुको अत्याधिक चापले गर्दा घरेलु उडान प्रभावित भएको भन्दै बुद्ध एयरले विराटनगरबाट साझ ७ बजेको उडान थप गरिएको जनाएको छ । त्यस्तै काठमाडौबाट साझ ६ बजे विराटनगरको लागी उडान समेत थप गरिएको बुद्ध एयरले एक विज्ञप्ती जारी गरी जानकारी गराएको छ । विराटनगर एयरपोर्टमा रनवे लाइट जगान भएपछि कम भिजिविलिटीमा समेत जहाज उडान तथा अवतरण गर्न सकिने भएपछि बुद्ध एयरले उडान थप गरेको हो ।