इटहरी । इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले वुधवार नगरसभा बैठक प्रारम्भ गरेका छन । बैठकमा बोल्दै मेयर चौधरीले कर्मचारी र जनप्रतिनिधिहरु विचको सम्वन्ध सुमधुर हुनु पर्ने वताएका थिए । स्थानीय सरकारले सिंहदरबारको अधिकारबारे अहिले पनि जनप्रतिनिधिहरुलाई थाहा नभएको वताए । उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले विभिन्न विधेयकहरुको कार्यसुचि प्रस्तुत गरिन । उपप्रमुख गौतमले प्रशाकिय कार्यविधि २०७५,सहकारी विधेयक ,शिक्षा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक , एफ एम रेडियो व्यवस्थापन तथा संलालन विधेयक ,रापपत्र प्रकाशन विधेयक लगायतका विधेयकहरु नगरसभामा निर्णायर्थ प्रस्तुत गरेकी हुन । इटहरीको उपमहानगरपालिकामा नयाँ अधिकृतको रुपमा सह–सचिव स्तरका प्रमुख प्रशासकिय अधिकृतको दरबन्दी कायम गरिएको छ । सह सचिब छविलाल रिजाल उपमहानगरपालिकामा हाजिर भएका छन । उपमहानगरपालिकाले एक वर्ष भित्र तिन जना प्रशासकिय अधिकृत फेरेको छ ।